कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज शनिबार पनि बस्दैछ ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । आजको बैठक बसेर छठपछि बस्ने गरी स्थगित हुने सम्भावना रहेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

शुक्रबार २१ केन्द्रीय सद्स्य र ४ प्रदेश सभापतिले धारणा राखेका थिए । बिहीबार ७ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।

हालसम्म बोल्ने अधिकांश नेताहरुले आगामी मंसिरमै नियमित महाधिवेशन गर्नु पर्नेमा जोड दिएका छन् । केन्द्रीय सदस्य धारणा राख्ने क्रमम जारी छ ।

पहिलो बैठकमा शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहको जिम्मेवारी दिएका थिए ।