आज यी स्थानामा हल्का वर्षाको छ सम्भावना

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

बिहीबार दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने। बाँकी भू–भागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ।