बर्दियामा चितुवाको आक्रमणबाट एक जना घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बर्दियामा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् । चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका, ११ विजयनगरका ४६ वर्षीय भदुवा थारू घाइते भएका हुन । सामुदायिक वन रहेका रूख  धमाधम कटान भएपछि चितुवा मानवबस्तीमा पसेर दैनिक जस्तो मानिसलाई आक्रमण गर्ने घटना बढिरहेको छ ।

मंगलबार आफ्नै खेतमा धान काटिरहेको अवस्थामा चितुवाले आक्रमण गरी थारूलाई घाइते बनाएको हो । घाइते स्वास्थ्य उपचार नगर अस्पताल जयनगर भएको जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताए । दिन प्रतिदिन चितुवाको आक्रमणका घटना बढ्दै गइरहेको छ । तर  डिभिजन वन कार्यालय मानव चितुवा द्वन्द्वका घटाउने अभियान सञ्चालन गरेको छैन ।

मंगलबार मात्रै डिभिजन वन कार्यालयले बढैयाताल गाउँपालिकामा रहेको सुनगाभा होटलमा वन सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कसरी गर्ने भन्दै बढैयाताल गाउँपालिका र बाँसगढी नगरपालिकाका  ८० भन्दा बढी वनमा उपभोक्ता समितिलाई बोलाएर तालिम दिइरहेको थिए । पछिल्लो समयमा डिभिजन वन कार्यालयले कटानको लागि अनुमति दिएको अधिकांश सालको रूख रहेको वन रहेको छ ।

डिभिजन वन कार्यालयले एकै वर्षमा एक सय ४१ वनको कार्ययोजना स्वीकृत गरी वनका रूख काट्नु र अन्य कामलाई भन्दा बढी रूख कटानको काममा सक्रिय भएर डिभिजन वन कार्यालयमा प्रमुख विजयराज सुवेदी लागेको देखिन्छ ।