पेट्रोल प्रतिलिटर २ रुपैयाँले घट्यो, डिजेल र मट्टितेलको यथावत्

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) बाट नयाँ खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले घटाउने निर्णय गरेको हो। नयाँ मूल्य बिहीबार बिहान १२:०१ बजेदेखि लागू हुनेछ। डिजेल र मट्टितेलको मूल्य भने यथावत् राखिएको छ ।

पूर्वसभामुख महरालाई सुन्धारा कारागार पठाइयो

पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार उनलाई अदालतको आदेश बमोजिम सुन्धारास्थित केन्द्रीय कारागार पठाइएको हो । ‘उहाँलाई जगन्नाथदेवल कारागार पठाइएको छ,’ उनले भने । मंगलबार र बुधबार भएको बयान र थुनछेक बहसपछि महरालाई थुना पठाउने आदेश जारी भएको हो । उनीविरुद्ध ८ करोड ५५ […]

मिलेले अर्जेन्टिनाको संसदीय चुनाव हारे २० अर्ब डलरको सहायता रोक्ने ट्रम्पको धम्की

आफ्नो समर्थन गर्ने ह्याभियर मिलेले यसै महिनाको अन्त्यमा हुने संसदीय चुनावमा हारेमा अर्जेन्टिनालाई दिइने आर्थिक सहायता कटौती गर्न सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन्। आफूजस्तै उग्र दक्षिणपन्थी मिलेले खुलेर आफ्नो प्रशंसा गर्ने भएकाले ट्रम्पले पनि अर्जेन्टिनाका राष्ट्रपति मिलेलाई मन पराउँछन्। त्यसैकारण विश्वभरी अमेरिकाले सहायता कटौती गरे पनि अर्जेन्टिनाको संकटग्रस्त अर्थतन्त्र उकास्न २० अर्ब डलर सहयोग […]

पर्यटनको राजधानी पोखराबाट , पर्यटकीय पदमार्ग घोडेपानीको यात्रा अब तीन घण्टा

पर्यटनको राजधानी सहर पोखराबाट अर्को पर्यटकीय पदमार्ग घोडेपानीसम्मको यात्रा अब तीन घण्टामा सीमित भएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका– ९ स्थित नयाँपुल, वीरेठाँटी हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित घोडेपानी, शिख, घार हुँदै पालिकाको केन्द्र पोखरेबगर जोड्ने सडकमार्ग संचालनमा आएसँगै यो दुरी तीन घण्टामा छोट्टिएको हो। निर्माण सम्पन्न सडकको कास्की अन्नपूर्णका अध्यक्ष विष्णुबहादुर केसी र म्याग्दी अन्नपूर्णका अध्यक्ष […]

राप्रपा केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बिहान साढे ११ बजेबाट शुरु हुनेछ । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ । बैठकले परिवर्तित परिस्थिति, स्थानीय तह र जिल्ला अधिवेशनका प्रगतिबारे समीक्षा गर्ने बताइएको छ ।

बर्दियामा चितुवाको आक्रमणबाट एक जना घाइते

बर्दियामा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् । चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका, ११ विजयनगरका ४६ वर्षीय भदुवा थारू घाइते भएका हुन । सामुदायिक वन रहेका रूख  धमाधम कटान भएपछि चितुवा मानवबस्तीमा पसेर दैनिक जस्तो मानिसलाई आक्रमण गर्ने घटना बढिरहेको छ । मंगलबार आफ्नै खेतमा धान काटिरहेको अवस्थामा चितुवाले आक्रमण गरी थारूलाई घाइते बनाएको हो । घाइते […]

जनमत पार्टी विभाजित : जनस्वराज पार्टीलाई आयोगको मान्यता

डा. सिके राउत नेतृत्वमा जनमत पार्टी औपचारिक रूपमा विभाजित भएको छ । दीपक साहको नेतृत्वमा गठित जनस्वराज पार्टीलाई मंगलबार निर्वाचन आयोगले मान्यता दिएको छ । आयोगले जनमत पार्टीको विभाजनलाई मान्यता दिएको हो । आयोगको बैठकले मंगलबार दललाई मान्यता दिएको छ भने दल दर्ताको बाँकी प्रक्रिया पूरा गर्न आग्रह गरेको छ । आयोगले जनस्वराज पार्टीलाई पठाएको पत्रमा अन्य राजनीतिक दलहरूको […]

मुस्ताङमा एक अर्बभन्दा बढी मूल्यको स्याउ उत्पादन

मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ । गत वर्ष ९१ करोड ८६ लाख ७२ हजार बराबरको स्याउ बिक्री भएकामा यस वर्ष एक अर्ब १० करोड बराबरको स्याउ उत्पादन […]

अमेरिकी पासपोर्ट टप–१० सूचीबाट बाहिरियो, नेपालको के छ अवस्था ?

अमेरिकी पासपोर्ट पहिलो पटक विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको शीर्ष १० सूचीबाट बाहिरिएको छ। हेनले एण्ड पार्टनर्सद्वारा प्रकाशित हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार, २० वर्षमा यस्तो पहिलोपटक भएको हो । अब अमेरिकी पासपोर्ट १२औं स्थानमा पुगेको छ, जुन मलेसियाको बराबरी हो। अमेरिकी पासपोर्टवाहक नागरिक २२७ मध्ये १८० देशमा भिसा बिना प्रवेश गर्न सक्छ । सिंगापुरको पासपोर्ट […]

भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी यात्रुको मृत्यु, धेरै घाइते

राजस्थानको जैसलमेरमा हिजो बेलुका  चलिरहेको एसी बसमा लागेको भीषण आगलागीमा २० भन्दा बढी यात्रुको मृत्यु भएको खबर आएको छ। बसमा सवार ५७ मध्ये केहीले बसबाट हाम फालेर ज्यान जोगाए भने १९ जना गम्भीर रूपमा जलेका छन्। राजस्थानको जैसलमेर जिल्लामा मंगलबार दिउँसो चलिरहेको एसी बसमा आगलागी हुँदा भयावह दुर्घटना भएको छ। यस घटनामा अहिलेसम्म २० भन्दा […]