टाइफुन वुटिपका कारण चीनको टापु प्रान्तमा सतर्कता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

दक्षिण चीन सागरमा उष्णकटिबन्धीय क्षेत्रमा यस वर्षको बिहानको पहिलो टाइफुनमा परिणत भएपछि चीनको दक्षिणी टापु प्रान्त हाइनानले बुधबार चौथो स्तरको टाइफुन चेतावनी जारी गरेको छ ।

हाइनान प्रान्तीय मौसम विज्ञान ब्युरोका अनुसार टाइफुन वुटिपको केन्द्र स्थानीय समयानुसार बुधबार ८ बजे मा सानसा सहरको योङ्क्सिङ दाओबाट करिब एक सय ६५ किलोमिटर दक्षिण पूर्वमा अवस्थित थियो । यसले नौ सय ९५ हेक्टरपास्कलको केन्द्रीय चापका साथ १८ मिटर प्रतिसेकेन्डको हावालाई समेट्दै थियो ।

तीव्र हावा र वर्षाले पहिले नै चीनको दक्षिणी सहर सानसालाई असर गरेको छ । यसले एक सय आठ दशमलव छ मिलिमिटरको अधिकतम वर्षा र १८ दशमलव सात मिटर प्रतिसेकेन्डको हावाहुरी रेकर्ड गरेको छ ।मौसमविद्हरूले टाइफुन वुटिप १० देखि १५ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर पश्चिमतर्फ बढ्ने र हाइनान टापुको दक्षिणपूर्वी तटमा पुग्दा बिस्तारै बलियो हुने पूर्वानुमान गरेका छन् । यसले शुक्रबार यस क्षेत्रमा अवतरण गर्ने अनुमान गरिएको छ ।तयारीका लागि प्रान्तीय विपद् रोकथाम, न्यूनीकरण र राहत समितिले मङ्गलबार आपत्कालीन प्रतिक्रिया सक्रिय गरेको छ भने अधिकारीहरूलाई जलाशयहरू, सहरी जल निकासी, पर्यटन सुविधाहरू र लुकेका भूगर्भीय खतराहरू भएका साइटहरूको निरीक्षणलाई बलियो बनाउन सल्लाह दिएको छ ।  समितिले जहाज र समुद्री अपरेसन प्लेटफर्मलाई तीव्र हावा विरुद्ध सावधानी अपनाउन पनि आग्रह गरेको छ ।