र्‍यापर एमीवे बन्ताईलाई ज्यान मार्ने धम्की

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

एमीवे बन्ताई भारतीय मनोरञ्जन उद्योगको चर्चित नाम हुन् । उनको वास्तविक नाम मुहम्मद बिलाल शेख हो । उनका कुडी, गली का कुट्टा, रिंग रिंग, गिरफतार र जमैका टु इन्डिया जस्ता गीत चर्चित छन् । एमीवेलाई बन्ताई रेकड्र्सको नाममा दर्ता गरिएको मोबाइल नम्बरमा ज्यान मार्ने धम्की आएको बताइएको छ । धम्की आउने बित्तिकै र्‍यापरले आफ्नो कर्मचारी मार्फत यस विषयमा उजुरी दर्ता गराएका छन् । धम्की मे २७ को बिहान आएको थियो । यसबारे नवी मुम्बईको एक प्रहरी चौकीमा उजुरी दर्ता गरिएको छ । एमिवेले दिवङ्गत पञ्जाबी गायक सिद्धु मुसेवालाको तेस्रो वार्षिकोत्सवमा ‘ट्रिब्युट टु सिद्धु मुसेवाल’ शीर्षकको गीत रिलिज गरेका छन् । सिद्धु मुसेवालालाई यो गीत डेडिकेट गर्नु एक दिन अघिअर्थात् मे २५ मा एमिवेलाई १ करोड रुपैयाँ फिरौती तिर्न होइन भने मारिदिने धम्की आएको थियो ।तनावको कुरा यो हो कि धम्की दिने व्यक्तिले आफूलाई ग्याङ्स्टर लरेन्स बिश्नोईको नजिकको सहयोगी गोल्डी ब्रार भनेका छन् । धम्कीमा उनले रोहित गोदाराको नाम पनि लिएका छन् । यी दुवै  बिश्नोईका नजिकका गुण्डा हुन् ।लरेन्स बिश्नोईले गायक सिद्धु मुसेवालाको हत्याको जिम्मेवारी लिएका थिए । अब यी व्यक्तिहरूले एमिवे २४ घण्टाको म्याद दिँदै १ करोड भारु नतिरे ज्यान मार्ने धम्की दिएका छन् ।