राप्रपा युवा संगठनका संयोजक केसीलाई रिहा गर्न सर्वोच्चको आदेश

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सर्वोच्च अदालतले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय संयोजक अधिवक्ता सुजित केसीलाई रिहा गर्ने आदेश गरेको छ ।

सामाजिक सञ्जालमा लेखेकै आधारमा केसीलाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले केसीलाई रिहा गर्ने आदेश गरेको हो ।

सरकारले गैरकानुनी थुनामा राखेको दाबीसहित सर्वोच्च अदालतमा अधिवक्ता राजकुमार श्रेष्ठले केसी पक्राउ र पक्राउको आदेशविरुद्ध शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए ।

उक्त रिटमा न्यायाधीशद्वय ढकाल र पाण्डेयको इजलासले रिट जारी गर्ने फैसला सुनाएको छ ।