७२ औं विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड’ अहिले भारतको तेलगांनामा जारी छ । शनिबार प्रतियोगिताको महत्वपूर्ण विधा ‘स्पोर्ट्स च्यालेन्ज’ आयोजना भयो ।
यो विधामा इस्टोनियाकी एलिस रान्डमाले स्वर्ण जितिन् । यो जितसँगै उनी क्वार्टरफाइनल (उत्कृष्ट ४०) मा प्रवेश गर्ने पहिलो प्रतियोगी बनिन् । प्रतियोगीलाई टिम अमेरिका र क्यारेबियन, टिम अफ्रिका, टिम युरोप र टिम एसिया र ओसियाना समूहमा विभाजन गरेर प्रतिस्पर्धा गरिएको थियो ।कार्यक्रमको सुरुवात भारतीय खेलाडीले प्रदर्शन गरेको मल्लखम्ब, कलात्मक योग र मणिपुरी मार्शल आर्टसँगै सुरु भयो । त्यसपछि ब्याडमिन्टन, बास्केटबल र फुटबलदेखि शटल फिटनेस रन र रोमाञ्चक स्प्रिन्ट फाइनलसम्मका प्रतिस्पर्धा थिए ।
मिस नेपाल सृच्छा प्रधानले पनि प्रतियोगितामा भाग लिएकी छिन् । टिम एसिया र ओसियानामार्फत उनले पनि उत्कृष्ट प्रस्तुति दिइन् । यसका लागि सृच्छाले मिस वल्र्डमा जानुअघि फिटनेस लगायतका व्यायाम सिकिरहेकी थिइन् ।
मे २२ मा ट्यालेन्ट च्यालेन्ज फिनाले हुनेछ । मे २३ मा ‘हेड टु हेड च्यालेन्ज’ हुनेछ । मे २३-२४ मा टप मोडल च्यालेन्ज र फेसन शो पनि हुनेछ । मे २६ मा ब्युटी विथ अ पर्पसको प्रस्तुति हुनेछ । मिस वर्ल्डमा अहिले १०८ जना प्रतिस्पर्धी छन् । मे ३१ मा फिनाले आयोजना हुँदैछ ।