तोलामा २ हजार घट्यो सुन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn
  • नेपालमा सुनको मूल्य दुई दिनमा ५ हजार ७ सय रुपैयाँले घटेको छ र अहिले प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा पुगेको छ।
  • सुनको भाउमा आएको गिरावटसँगै, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १९७० रुपैयाँ पुगेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको नयाँ मूल्य तोकेको छ।सुनको भाउ प्रतितोला २ हजार रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि भाउ प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन पनि सुनको भाउ प्रतितोला ३ हजार ७ सय रुपैयाँ घटेको थियो । दुई दिनमै सुनको भाउ तोलामा ५ हजार ७ सय रुपैयाँ घटेको छ ।अघिल्लो दिन १ लाख ८६ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदी तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी आज १९७० रुपैयाँ कायम भएको छ ।