सि.इ.पी.कास्कीद्धारा शिक्षक अभिमूखीकरण कार्यक्रम सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सि.इ.पी.कास्कीद्धारा शिक्षक अभिमूखीकरण कार्यक्रम सम्पन्न
कोल्याबोरेटीभ एजुकेसनल पार्टनरसिप (सि.इ.पी.) कास्कीले आँफु अन्तर्गतका १८ ओटा संस्थागत विद्यालयहरुका अंग्रेजी शिक्षक–शिक्षिकाहरुलाई एक दिने अभिमूखीकरण कार्यक्रम सोमबारका दिन सम्पन्न गरेको छ ।

उक्त अभिमूखीकरण कार्यक्रममा शिक्षक–शिक्षिकाहरु बिच अंग्रेजी पाठ्यक्रम, यसका उद्देश्यहरु, बिद्यार्थी मूल्यांकनका आधार तथा विश्वसनियताहरु, शिक्षण कार्यशाला, शिक्षण सिकाई प्रकृया तथा सामाग्रीहरुका साथै प्रश्नोत्तर कार्यक्रम जस्ता महत्वपूर्ण विषय–वस्तुहरुलाई समेटिएको थियो । अंग्रेजी शिक्षकहरुका लागी आयोजित कार्यक्रमका प्रशिक्षक तथा बिषय विशेषज्ञ प्राध्यापक डा.लक्ष्मण ज्ञावलीले कार्यक्रम अवधिभर अभिमुखीकरण गरेका थिए । उक्त कार्यक्रम सोही क्लस्टरको आयोजना तथा एकता बुक्स डिस्टिब्युटर्स प्रा.लि.सँगको सहकार्यमा सम्पन्न गरिएको थियो ।

आधारभुत तथा माध्यमिक तहका गरी करिब ७० जना अंग्रेजी शिक्षक–शिक्षिकाहरुको सहभागीता रहेको उक्त कार्यक्रममा आफ्ना भनाईहरु राख्दै प्याव्सन कास्कीका सचिब सुरेन्द्रमान सिंह भण्डारीले यस्ता कार्यक्रमहरु शिक्षकहरुको पेशागत हितमा अपरिहार्य रहने कुरा व्यक्त गरेका थिए । एकता बुक्स डिस्टिब्युटर्स प्रा.लि.पोखराको सभाहलमा सम्पन्न सोही कार्यक्रममा बोल्दै हिसान कास्कीका अध्यक्ष दिवाकर जैसीले शिक्षकहरु प्रशिक्षित हुदै आफ्ना कक्षा कोठाहरुमा शिक्षण सिकाई क्रृयाकलापहरुलाई अझ बैज्ञानिक बनाउदै जानुपर्नेमा जोड दिएका थिए ।

पोखरा १६, लामाचौर स्थित अल्फा बोर्डिङ्ग स्कुलका सह–प्राचार्य कृष्ण लम्सालको संयोजकत्वमा सम्पन्न सोही कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि व्याप्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले अभिमूखीकरण कार्यक्रमले शिक्षक शिक्षिकाहरुमा पुनर्ताजगी श्रृजना गदै कक्षाकोठामा फर्किन थप उर्जा तथा हौसला मिल्ने कुरा व्यक्त गरे ।

कार्यक्रममा सहभागी सम्पूर्ण शिक्षक–शिक्षिकाहरुलाई सहभागीताको प्रमाण पत्र समेत बितरण गरिएको थियो । एकता बुक्स डिस्टिव्युटर्स प्रा.लि.पोखराका प्रवन्ध निर्देशक रामचन्द्र तिमोथि तथा सि.इ.पी कास्कीका संयोजक डा. टेक नारायण पौडेलले आफ्ना भनाईहरु राख्दै कार्यक्रमका आयोजक तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।