द्वन्द्वपीडितको चेतावनी : हाम्रा माग सम्बोधन नभए छुट्टै नागरिक आयोग बनाउँछौं

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

द्वन्द्वपीडितहरूले सङ्क्रमणकालीन न्याय (टीआरसी) सँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रिया खारेज गरी नयाँ प्रक्रिया सुरु गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनबमोजिम दुई आयोगको पदाधिकारी सिफारिसका लागि गठन गरेको समितिले प्राप्त आवेदक मध्येबाट संक्षिप्त सूची प्रकाशन गरिसकेको छ ।

उक्त सूचीप्रति द्वन्द्वपीडितले असन्तुष्टि जनाएका छन् । पीडित समुदायको अर्थपूर्ण परामर्श र अपनत्व सुनिश्चित गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गर्दै उनीहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले आम द्वन्दपीडित समुदायलाई पूणरुपमा उपेक्षा गरी अपारदर्शी, देखावटी र भागबन्डाका आधारमा आयोगमा सिफारिस गर्न लागिएको आरोप लगाएका छन् ।

पीडित समुदायको माग सम्बोधन नभए पीडितहरुको अनुवाइमा समानान्तर नागरिक आयोग गठन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

यसअघि उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सहभापति शेरबहादुर देउवालाई भेटेर पीडित पक्षबाट पनि आयोगमा राखिनुपर्ने माग गरेका थिए ।