सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आइतबार पनि जारी रहने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त सदनमा पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफल आइतबार पनि जारी रहने भएको छ । २२ गतेबाट सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफल आइतबार पनि जारी रहने सभामुख देवराज घिमिरेले जानकारी दिए ।

नीति तथा कार्यक्तममाथिको छलफल २२, २३, २४, २५ र २६ गते भइसकेको छ । नीति तथा कार्यक्रम पेस हुँदाका दिन सभामुख घिमिरेले प्रतिनिधिसभा बैठक सार्वजनिक बिदाका दिनबाहेक निरन्तर बस्ने र २८ गते पारित गर्ने कार्यतालिका सार्वजनिक गरेका थिए ।

उनको भनाइ अनुसार आइतबार छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको सरकारका तर्फबाट जवाफ दिने कार्यक्रम पनि हुनेछ । केही सांसदहरूले छलफलमा भाग लिने र त्यसपछि सरकारका तर्फबाट जवाफ दिएर पास गर्ने कार्यक्रम आइतबार हुनेछ । प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।