नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाली कांग्रेसका नेता एनपी साउदसँग भेटवार्ता गरेका छन् ।
राजनीतिक पार्टीका दोस्रो तह तथा तेस्रो तहका नेतासमेत भेट गरिरहेका चौथाइवालेले कांग्रेस नेता साउदसँग भेट गरेका हुन् ।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका साउदसँगको भेटमा दुई देशबीचको सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको उनले सामाजिक सञ्जालमार्फत् जनाएका छन् ।
तीन दिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आएका चौथाइवालेले यसबीच प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरूसँग भेटवार्ता गरिसकेका छन् ।उनले गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक, कांग्रेस महामन्त्री गगनकुमार थापा, प्रवक्ता डा. प्रकाशशरण महत, नेताहरू डा. शेखर कोइराला, उदयशम्शेर राणालगायतसँग पनि बेग्लाबेग्लै भेटवार्ता गरेका छन्