भारतको केआईआईटीमा अर्की नेपाली विद्यार्थी पनि मृत भेटिइन्

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पाेखरा, १९ बैशाख २०८२।भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत फेरी अर्की एक नेपाली छात्रा मृत भेटिएकी छिन् ।

वीरगञ्ज घर भएकी प्रिशा शाह बिहीबार बेलुकी करिब ८ बजे केआईआईटी बिश्वबिद्यालयको होस्टलमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले घटनाको पुष्टि गर्दै उनले प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको जानकारी दिए । परिवारका सदस्य आएपछि मात्र पोष्टमार्टम गरिने दूतावासका कन्सुलर दासले बताए। सिनियर दिदीहरूसँगै बस्दै आएकी प्रथम वर्षमा अध्ययनरत्प्रि शाले कोठामा एक्लै रहेको बताइएको छ ।

आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन् ।

त्यसपछि प्रकृतिको न्याय माग्दै क्याम्पसमा नेपाली विद्यार्थीले गरेको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो । कलेज प्रशासनको निर्देशनमा सुरक्षागार्डले नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट गरेका थिए भने प्रशासनले होस्टल छाडेर जान निर्देशन दिएको थियो । घटना बढ्दै जाँदा तनावको स्थिति पैदा भएको थियो ।