आज कति छ सुनको मूल्य? एकैदिन ६,९०० रुपैयाँले बढ्यो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा बैशाख ९ / नेपाली बजारमा सुनको मूल्य तोलामा एकैपटक ६ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासङ्घकाअनुसार छापावाल सुनको मूल्य मङ्गलबार तोलामा एकैपटक ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि हिजो सोमबार सुनको मूल्य तोलाको १ लाख ९१ हजार रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो । त्यस्तै, चाँदीको मूल्य भने सामान्य बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।