‘भुइँमान्छे’ पुस्तकमाथि पोखरामा परिचर्चा, बास्तोलाले गरे कार्यक्रम संयोजन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा,  – नेकपा (एमाले)की निलम्बित स्थायी समिति सदस्य विन्दा पाण्डेद्वारा लिखित पुस्तक ‘भुइँमान्छे’ माथि सोमबार पोखरामा आयोजित विशेष कार्यक्रममा परिचर्चा गरिएको छ।

मदन भण्डारी फाउण्डेशन, कास्कीका अध्यक्ष माधव बास्तोलाको संयोजनमा सम्पन्न कार्यक्रममा सुरेन्द्र भण्डारीले संचालन गरेका थिए। कार्यक्रममा लेखक विन्दा पाण्डेसहित राजनीतिक विश्लेषक, साहित्यकार, पत्रकार र पार्टी कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

पुस्तकमा कोअर्डिनेसन केन्द्रदेखि माले हुँदै एमालेसम्मको राजनीतिक यात्रा र त्यसमा आम कार्यकर्ताहरूले पुर्‍याएको योगदान समेटिएको छ। कार्यक्रममा अध्यक्ष माधव बास्तोलाले ‘भुइँमान्छे’ पुस्तकले नेपाली कम्युनिष्ट आन्दोलनमा महिलाहरूको भूमिकालाई प्रभावकारी रूपमा उजागर गरेको बताए।

वक्ता साहित्यकार अम्बिका भण्डारी र त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक गेहेन्द्रेश्वर कोइरालाले पनि पुस्तकमार्फत महिलाको राजनीतिक योगदान र एमाले निर्माणमा कार्यकर्ताहरूको भूमिकालाई सशक्त ढंगले प्रस्तुत गरिएको उल्लेख गर्दै प्रशंसा गरे।