शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो ।
उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् ।आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ ।
सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुनेछ ।शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् ।उनी गत ३१ असारमा शिक्षामन्त्रीमा नियुक्त भएकी थिइन् ।कास्की क्षेत्र नम्बर-२ बाट प्रत्यक्ष निर्वाचित भएर उनी संघीय सांसद बनेकी थिइन् ।
शिक्षामन्त्री बन्नुअघि उनी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्यको रूपमा सक्रिय थिइन् ।उनका श्रीमान (तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री) रवीन्द्र अधिकारीको ताप्लेजुङ पाथीभरा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि भट्टराईले उपप्राध्यापकबाट राजीनामा दिएकी थिइन् ।
त्यसपछि उनी राजनीतिमा सक्रिय भएकी हुन् ।२०७६ मा भएको उपनिर्वाचनमा भट्टराई कास्कीबाट निर्वाचित भएर पहिलो पटक संसद् छिरेकी थिइन् । त्यसपछि २०७९ मा भएको निर्वाचनमा सोही क्षेत्रबाट दोस्रो पटक निर्वाचित भएकी थिइन् ।