पोखरा, ८ बैशाख २०८२।पाथीभरा दर्शनका लागि जाँदै गरेका दर्शनार्थी चढेको बोलेरो जिपमा करेन्ट लाग्दा चार जना दर्शनार्थीको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
ताप्लेजुङबाट पाथिभरा मन्दिर जाने क्रममा ताप्लेजुङको फुङलिङ नगरपालिकामा १० स्थित काफ्लेपाटी सडक खण्डस्थित गुन्द्रे र तेर्सेको छेउमा लत्रिएको तारमा बिजुली करेन्ट लाग्दा मे १ ज ३०११ को बोलेरो जिपमा सवार चार जना दर्शनार्थीको मृत्यु भएको हो। उक्त घटनामा मृत्यु हुनेमा फुङलिङ नगरपालिका १० का सवारी चालक दुर्गा भट्टराई, ललितपुर जिल्लाकी वर्ष १६ की आध्या आचार्य, झापा जिल्लाका वर्ष ६९ की सरिता पौडेल, झापाकै वर्ष ७० का विनोद पौडेल रहेको प्रहरीले जनाएको छ ।
गाडीमा ६ जना रहेको र अन्य घाईते ललितपुरकी वर्ष ४५ की सविना आचार्य र उनका छोरा अभियम आचार्यलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । मृतक आध्या घाईते सविनाको छोरी र सरिता र विनोद पौडेल सविनाको बुबा आमा रहेको जनाईएको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।