पोखरा, बैशाख ३/पोखरामा रहेर उतकृष्ट र भरभर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको पोखरा इन्टरनेटले नयाँ बर्ष २०८२ सालको अवसर पारेर ल्याको “नयाँ बर्ष बिशेष अफर” कार्यक्रम सकिनै लाग्दा इन्टरनेटले अफरको लाभ लिन ग्राहक लाई पुन अनुरोध गरेको छ । “नयाँ वर्ष अफर पोखरा इन्टरनेटसँगै रमाइलो इन्टरनेट अनुभव” भन्ने नारानै बनाएर इन्टरनेटले बिभिन्न अफरहरु ल्याएको थियो । उक्त अफरहरु यहि बैशाख १५ गते सकिने हुदा छिटो भन्दा छिटो लाभ लिन प्रा.लिले सबैमा अनुरोध गरेको इन्टरनेटकि मार्केटिङ एसिस्टेन दिपा दुलालले जानकारी दिइन्।
अफरमा ग्राहाकले १ बर्षको प्याकेजमा फ्रि इन्स्टलेसन सगैँ गिफ्ट पनि प्राप्त गर्ने छन् भने अन्य अफर अन्तरर्गत ५० एमबिपिएस मा टु जि डिभाइस मात्रै ६ हजार ५ सय र १०० एमबिपिएस मा फाइभ जि डिभाइस मात्रै सात हजार ५ सयमा उपलब्ध हुने दुलालले उल्लेख गरिन । यस्तै अफरको साथमा मुभि टिकट, बाराहि बेकरीबाट गिफ्ट र १ महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गरिएको दुलालको भनाई छ । इन्टरनेटले समय समयमा बिभिन्न अफरहरु ग्राहक समक्ष प्रदान गर्दै आइरहेको छ । पोखरामा स्थापना भएको पोखरा इन्टरनेटले गण्डकी प्रदशेका सबै जिल्लामा आफ्नो सेवा बिस्तार गरेर इन्टरनेट प्रदान गर्दै आइरहेको छ ।