उपराष्ट्रपति यादवसँग प्रदेश प्रमुखहरूको भेट

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले शिष्टाचार भेट गरेका छन्।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालय पुगेर उनीहरूले उपराष्ट्रपति यादवसँग मंगलबार सामूहिक भेट गरेका हुन्।

भेटमा उपराष्ट्रपति यादव र प्रदेश प्रमुखहरूबीच शुभकामना आदान–प्रदानपश्चात देशको वर्तमान परिस्थिति तथा समसामयिक विषयहरूमा महत्त्वपूर्ण छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।