
काठमाडौं– अमेरिका लगिदिने भनेर विभिन्न मानिसको रकम ठगी गरेको अभियोगमा शिवराज कार्की पक्राउ गरिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कार्कीलाई काठमाडौंबाट पक्राउ गरेको हो।
कार्कीलाई मंगलबार काठमाडौँको स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनले फिल्म ‘तेल भिसा’मा रकम लगानी गरेका थिए।
अमेरिका लगिदिन्छु भन्दै केही व्यक्तिसँग पैसा उठाएको उजुरीपछि कार्कीलाई प्रहरीले पक्राउ गरेको जानकारी दिइएको छ।
यसअघि अमेरिका लैजान्छु भनेर ठगी गरेको आरोपमा ‘तेल भिसा’ निर्माता तथा निर्देशक शङ्कर घिमिरे र उनकी पत्नी ऋचा घिमिरेविरुद्ध ०८१ कात्तिक अन्तिममा उजुरी परेको थियो।