ओलीलाई समवेदना दिन गुन्डु पुगे रास्वपाका उपसभापति डोल प्रसाद अर्याल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नम्बर ९ का निर्वाचित प्रतिनिधि सभा सदस्य डोल प्रसाद अर्याल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भक्तपुरस्थित गुण्डु निवास पुगेका छन्।

उपसभापति अर्यालले पितृ शोकमा रहेका ओली परिवारप्रति समवेदना व्यक्त गर्दै दिवंगत मोहन प्रसाद ओलीको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।

सो अवसरमा उनले शोकग्रस्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।