पैसाको सदुपयोग गर्न जान्नुपर्छ: गभर्नर पौडेल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले पैसाको सदुपयोग गर्न जान्नुपर्ने बताउनुभएको छ ।

काठमाडाैंमा सोमबार आयाजित एक कार्यक्रमलाई सम्बोधन गदै उहाँले पैसाको सदुपयोग गर्न नजान्दा धेरै अप्ठ्यारो पर्न सक्ने बताउनुभएको हो । बैंकबाट लिएको ऋणको सदुपयोग नगरी अन्यत्र खर्च गर्दा कालोसूचीसम्ममा पर्ने र त्यसले पुस्तालाई ठूलो अप्ठ्यारो पर्ने गरेको गभर्नर पौडेलले बताउनुभयो ।

गभर्नर पौडेलले पैसा कमाउनु मेहनतको प्रतिफल भएको बताउनुभएकाे छ। उहाँले मेहनतले कमाएको पैसालाई ख्याल गर्नुपर्ने र अनावश्यक ठाउँमा पैसा खर्च गर्न नहुने समेत बताउनुभयाे ।