बालेन मन्त्रिपरिषद ‘१५ सदस्यीय

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकार गठनको प्रक्रिया अघि बढेको छ।

सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेनबीच मन्त्रिपरिषद सानो बनाएर चुस्त प्रशासन बनाएर फटाफट काम गर्ने विषयमा कुराकानी जारी रहेको छ।

सभापति लामिछाने अस्वस्थ्य रहेका कारण बाहिर निस्किएका छैनन्। उनको स्वास्थ्य अवस्था बुझ्न पुगेका बालेनसँग केही राजनीतिक विषयमा पनि कुराकानी भएको बताइन्छ।

उच्च स्रोतहरुका अनुसार बालेन मन्त्रिपरिषद १५ सदस्यीय बनाउने आन्तरिक तयारी र सहमति गर्न लागिएको छ। पार्टीका विज्ञसहितको मन्त्रिपरिषदले फटाफट काम गर्नेगरी सहमति हुन लागेको हो।

‘जनतामा काम देखाउनुपर्ने स्थिति छ। यसकारण यो काम गर्ने सरकार हो भन्ने अनुभूती हुनेछ’, स्रोतले भन्यो।

चुनावअघि प्रधानमन्त्रीका उम्मेदवारका रुपमा विभिन्न जिल्लामा पुगेका बालेनले पनि काम गर्नका लागि आएको बताएका थिए। सोही स्पिरिटमा मन्त्रिपरिषदको संख्या सानो राख्ने र काममा ध्यान दिने उनको चाहना रहेको छ।

रास्वपा पछिल्लो चुनावी परिणामअनुसार दुई तिहाई नजिक पुगेको दल बनेको छ। केही प्राविधिक विषयको टुंगो लाग्दा बालेन दुई तिहाई बहुमतसहितको प्रधानमन्त्री नियुक्त हुनेछन्।