इनिसा विक हत्यामा संलग्नमाथि कडा कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ- सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या घटनामा संलग्नमाथि कडा कारबाहीको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा शनिबार पनि प्रदर्शन भएको छ।

प्रदर्शनकारीहरूले सरकारलाई फाँसीको सजाय दिने कानुन बनाउने दबाब दिनुका साथै हत्या र बलात्कारजस्ता जघन्य अपराध दोहोरिन नपाओस् भनी सचेत गराउने उद्देश्य राखेको बताएका छन्।

उनीहरूले प्रदर्शनमा “इनिसालाई न्याय देउ”, “बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गर” जस्ता नारा लेखिएका प्लेटकार्ड समेत प्रदर्शन गरेका थिए। साथै महिलामाथि हुने सबै प्रकारको हिंसा रोक्न सरकारले कडा कानुनी व्यवस्था गर्न आवश्यक रहेको पनि उनीहरूले जोड दिएका थिए।