उपभोक्तालाई दिइने परिमाणको रेकर्ड राखेर घरायसी प्रयोगकर्तालाई उच्च प्राथमिकता

नेपाल आयल निगमले एलपी ग्यासको बिक्री–वितरणलाई थप व्यवस्थित बनाउन बिक्रेताले उपभोक्तालाई बिक्री गरेको ग्यासको विवरण अनिवार्य रूपमा अभिलेख राख्नुपर्ने व्यवस्था गरेको छ । साथै घरायसी प्रयोजनका लागि ग्यास प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर बिक्री–वितरण गर्न आग्रह गरिएको छ । निगमले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै बिक्रेताले उपभोक्तालाई बिक्री गर्दा उपभोक्ताको नाम, सम्पर्क नम्बर र […]
“युक्रेनले सुरक्षा र सैन्य सहयोगमा अन्तर्राष्ट्रिय समर्थन खोज्दैछ”
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जलेन्स्कीले शुक्रबार इरान युद्धको बीचमा अमेरिकी सरकारले लागू गरेको रुसको तेलमा ३०–दिने माफी ‘सही निर्णय नभएको’ बताएका छन् । जलेन्स्कीले भने ‘अमेरिकाले मात्र गरेको यो ढिलाइले रुसलाई युद्धका लागि करिब एक खर्ब डलर उपलब्ध गराउन सक्छ । यसले शान्ति स्थापना गर्न कुनै सहयोग गर्दैन ।’ उनी पेरिसमा फ्रान्सका राष्ट्रपति एम्यानेल […]
उपचारका क्रममा सुर्खेतमा २० वर्षीया सुत्केरीको मृत्यु
तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ । फागुन २५ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एक शिशुलाई जन्म दिएकी नेपालीको स्वास्थ्य अवस्था जटिल बनेपछि बिहीबार थप उपचारका लागि हेलिकोप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको थियो । पचारका क्रममा बिहीबार राति अस्मिताको मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतका प्रसूति […]
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
काठमाडौँ- गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले आन्दोलनका क्रममा उपचार भएका अस्पतालबाट सङ्कलन गरिएको नामअनुसार विवरण सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । आन्दोलनमा देशभरिका ९९ अस्पतालमा दुई हजार ६३८ जना घाइतेको उपचार गरिएको विवरण प्राप्त भएको बताए । […]
जेलबाट छुटेका ‘दीपक मनाङे’लाई ठमेलमा व्यवसायीको स्वागत
काठमाडौं काठमाडौं- ज्यान मार्ने उद्योग मुद्दामा कैद भुक्तानी गरी डिल्लीबजार कारागारबाट छुटेका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’लाई शनिबार काठमाडौंको ठमेलमा व्यवसायी र समर्थकले भव्य स्वागत गरेका छन्। एक समय मनाङे काठमाडौंमा ‘गुन्डा नाइके’का रूपमा परिचित थिए । त्यो बेला ‘चक्रे मिलन’ भनिने मिलन गुरुङको अर्को समूह थियो । चक्रे मिलन यस पटकको प्रतिनिधिसभा […]
नेपालको भिसा नीतिमा हेरफेर
नेपाल सरकारले आफ्नो भिसा नीतिमा हेरफेर गर्दै इरानी नागरिकका लागि ‘अन–अराइभल’ भिसा सुविधा बन्द गर्ने निर्णय गरेको छ । अध्यागमन विभागका अनुसार अबदेखि इरानका साधारण राहदानीवाहक नागरिकहरुले नेपाल भ्रमणमा आउनुअघि अनिवार्य रुपमा विदेशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगबाट भिसा प्राप्त गर्नुपर्नेछ । सरकारी र कूटनीतिक राहदानीवाहक इरानी नागरिकका हकमा भने पुरानै व्यवस्था कायम रहने विभागले […]
पेट्रोलमा इथानोल मिश्रण नीति कार्यान्वयनमा
सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ राजपत्रमा प्रकाशित भएको हो । यो आदेशमार्फत स्वदेशी कच्चापदार्थमा आधारित उद्योग प्रवर्धन, रोजगारी सिर्जना, कृषि तथा जैविक स्रोतको उपयोग बढाउने र ऊर्जा क्षेत्रमा आयातमा निर्भरता घटाउने सरकारको लक्ष्य छ । आदेशअनुसार […]
सीबीओले भन्यो- अमेरिकाले पछिल्लो ५ महिनादेखि प्रतिहप्ता ५० अर्ब डलर ऋण लिइरहेको छ
काठमाडौं । अमेरिकी अर्थ मन्त्रालयको ऋण लिने क्रम रफ्तारमा चलिरहेको छ । आर्थिक वर्ष सन् २०२६ मा लाग्दै गर्दा ‘कङ्ग्रेसनल बजेट अफिस’ (सीबीओ) ले वर्षको पहिलो पाँच महिनामै संघीय घाटामा थप १० खर्ब डलर थपिएको रिपोर्ट सार्वजनिक गरेको छ। सीबीओले हिजो सार्वजनिक गरेको फेब्रुअरी २०२६ सम्मको अद्यावधिक मासिक बजेट समीक्षा अनुसार, अमेरिकी सरकारले गत महिना […]
पारिजात सम्मान २०८२ बाट सम्मानित हुनेहरूको नाम घोषणा
काठमाडौँ- पारिजात स्मृति केन्द्रले पारिजात सम्मान २०८२ बाट सम्मानित हुने प्रतिभाको नाम घोषणा गरेको छ । साहित्यकार पारिजातको ९२औँ जन्मजयन्तीका अवसरमा आज काठमाडौँमा आयोजना गरिएको ‘पारिजात जन्मजयन्ती’ कार्यक्रममा सम्मानित हुनेहरूको नाम घोषणा गरिएको केन्द्रका महासचिव दिल सुन्दर श्रेष्ठले जानकारी दिए । आगामी वैशाख ५ गते पारिजातको स्मृति दिवसमा सम्मान प्रदान गरिने उनले बताए । सम्मानित […]
इनिसा विक हत्यामा संलग्नमाथि कडा कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौँ- सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या घटनामा संलग्नमाथि कडा कारबाहीको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा शनिबार पनि प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले सरकारलाई फाँसीको सजाय दिने कानुन बनाउने दबाब दिनुका साथै हत्या र बलात्कारजस्ता जघन्य अपराध दोहोरिन नपाओस् भनी सचेत गराउने उद्देश्य राखेको बताएका छन्। उनीहरूले प्रदर्शनमा “इनिसालाई न्याय देउ”, “बालिकामाथि हुने बलात्कार, […]