भारतले नेपालमा हालै सम्पन्न निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै नयाँ सरकारसँग सहकार्यका लागि उत्सुकता व्यक्त गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई फोन गरेर बधाई दिनुका साथै आगामी सरकारका लागि शुभकामना दिएका थिए ।
सारांश
- भारतले निर्वाचनपछि नयाँ सरकारसँग सहकार्यको इच्छा व्यक्त गरेको छ, प्रधानमन्त्री मोदीले बालेन र रवि लामिछानेलाई बधाई दिए।
- मेयर हुँदा भारत र चीनप्रति आलोचनात्मक रहेका बालेनले प्रधानमन्त्री भएपछि ती देशहरूसँग कस्तो सम्बन्ध राख्छन् भन्ने चासो बढेको छ।
- बालेनले विगतमा भारत, चीन र अमेरिकासँगको सम्बन्धबारे दिएका अभिव्यक्ति र वर्तमान सरकारसँगको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
काठमाडौँ । भारतले नेपालमा हालै सम्पन्न निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै नयाँ सरकारसँग सहकार्यका लागि उत्सुकता व्यक्त गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई फोन गरेर बधाई दिनुका साथै आगामी सरकारका लागि शुभकामना दिएका थिए ।
मोदीले सामाजिक सञ्जालमार्फत यसबारे एउटा पोस्टमार्फत जानकारी दिएको भोलिपल्ट बालेनले सोही पोस्टमा प्रतिक्रिया दिँदै भनेका थिए, ‘धन्यवाद छ शुभकामनाका लागि सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू । नेपाल–भारतबिच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु । साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।’
रास्वपाबाट प्रस्तावित प्रधानमन्त्री रहेका बालेनको यो प्रतिक्रियापछि उनलाई धेरै जनाले पुराना कुरा सम्झाएका छन् । विगतमा भारत, चीन, अमेरिकालगायतका देशका बारेमा बालेनले दिएको अभिव्यक्तिलाई लिएर पनि अहिले प्रतिक्रिया आउन थालेका छन् । काठमाडौँका मेयर रहेको बेला खासगरि भारत र चीनलाई बेलाबेला आलोचना गर्दै आइरहेका उनी प्रधानमन्त्री भएपछि ती देशहरूसँग कस्तो सम्बन्ध राख्छन् भन्नेबारे चासो बढेको छ ।
विदेश मामिलाका जानकार निलाम्बर आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह हिजो जसरी चलेका थिए, त्यसरी अब चल्न नमिल्ने बताउँछन् । उनले भने, ‘मेयर हुँदा अन्तर्राष्ट्रिय विषयमा जे–जस्तो बोल्नु भयो वा गर्नुभयो, त्यो त्यतिबेलाको कुरा थियो । प्रधानमन्त्री भइसकेपछि देशको परराष्ट्र नीति र पञ्चशील सिद्धान्तको आधभारमा बोल्नुपर्ने हुन्छ । हिजो जुन अवस्था थियो, अब त्यो अवस्थामा रहन हुँदैन ।’
मेयर रहँदा चुच्चे नक्साको विषयलाई लिएर चीनको प्रस्तावित भ्रमण रद्द गरेका बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेपछि निकै चर्चा भएको थियो । २०८० जेठको अन्तिम साता भारतले आफ्नो नयाँ संसद् भवनमा ग्रेटर इन्डियाको नक्सा राखेको भन्दै बालेनले आफ्नो कार्यकक्षमा पनि ग्रेटर नेपालको नक्सा राखेका थिए । त्यसले उनको वाहवाही पनि भएको थियो । उनै बालेनले अहिले भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिँदा अधिकांशले सामाजिक सञ्जालमा अनौठो मानेका छन् भने कतिपयले आलोचना गरेका छन् ।
भारत, चीनलगायत अन्य छिमेकी देशहरूसँग समान सम्बन्ध राख्नुपर्नेमा जोड दिँदै आचार्यले अरु देशको संवेदनशीलतालाई पनि ख्याल गर्नुपर्ने प्रस्ट पारे । उनले भौगोलिक अवस्थाका कारणले पनि भारत र चीनसँग अलि राम्रो सम्बन्ध राख्नुपर्ने बताए ।
गत भदौ १४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएको बेला मेयरको रूपमा बालेनले भनेका थिए, ‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला । हामीलाई तपाईंमाथि पूर्ण विश्वास छ ।’
त्यही दिन उनले आफ्नो प्रस्तावित चीन भ्रमण स्थगित गरेको सार्वजनिक गरेका थिए । नेपालले २०७७ जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ नक्सा निकालेको उल्लेख गर्दै बालेनले भनेका थिए, ‘केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।’
नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु नेपालको संवेदनशीलतामाथि चालेको गलत कदम रहेको बालेनको भनाइ थियो । सोही कारण चीनको पाँच दिने भ्रमण आफूले नैतिकताको आधारमा रद्द गरेको उनले बताएका थिए ।
तत्कालीन मेयरले भारतको संस्कृतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै अदालतमा अवहेलना सम्बन्धी मुद्दा परेको थियो । २०८० असार २१ गते सामाजिक सञ्जालमार्फत बालेनले प्रश्न गरेका थिए, ‘हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरू माथि शंका लाग्यो । दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा । भारतीय गुलामहरूले देश चलाउदैछ र ममात्र विरोधमा ? र, ममात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लासहरू हुन् ?’
२०८० असार २४ गते अदालबाट तारेख लिँदै उनले भनेका थिए, ‘आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी ।’
रास्वपा नेता बालेन मेयर भएको बेला भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका थिए । भारतीय चलचित्र आदिपुरुषमा जानकी भारतीय छोरी हुन् भनी सन्देश दिएको भन्दै उनले काठमाडौँ महानगरपालिकाभित्र सो चलचित्र प्रदर्शन नहुने घोषणा गरेका थिए ।
२०८० जेठ ३२ मा बालेनले भनेका थिए, ‘दक्षिण भारतीय फिल्म आदिपुरुषमा समावेश जानकी भारतीय छोरी हुन् भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिँदैन, तबसम्म काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन तीन दिनको समय दिइएको छ । माता सीताको जय होस् ।’
त्यसको ठिक तीन दिनपछि अर्थात २०८० असार ३ गते उनले नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह नरहेको बताएका थिए । सो चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुतिमाथि ठाडो प्रहार हुने उनको भनाइ थियो ।
उनले चीन र भारतलाई मात्र होइन, अमेरिकाप्रति पनि त्यतिकै कडा जबाफ तथा प्रतिक्रिया जनाएका थिए । नेपालका लागि तत्कालीन अमेरिकी राजदूतले मेयर बालेनसँग भेट्न खोज्दा परराष्ट्र मन्त्रालयसँग अनुमति लिएर आएमात्र भेट्ने खबर पठाएका थिए । राजदूतले अनुमति लिएर आएपछि मात्र बालेनले भेटवार्ता गरेका थिए ।
बालेनले २०७९ मंसिर १६ गते आफ्नो फेसबुकमा लेखेका थिए, ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो, तर हामीले हामीचाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटीपौवा बनाइ दिन सहयोग गर्छौँ भनेर पठाएका छौँ । थप, एमसीसीमार्फत विद्युत् विदेशीलाई बेच्नेभन्दा पनि त्यो विद्युत् नेपालमै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।’
त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) का कार्यकारी निर्देशक डा.मृगेन्द्र कार्कीले रातोपाटीसँग कुरा गर्दै भने, ‘भारतले आफ्नो संसदमा साँस्कृतिक नक्सा भन्दै नेपालको केही भूभाग समेटिएको नक्सा राख्दा बालेलने पनि पुरानो नक्सा भन्दै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए । अब उनी प्रधानमन्त्री भएपछि त्यही अनुसारको नक्सा संसदमा राखे भने त्यही अनुसार परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउनुपर्छ । त्यसका लागि बालेनको आगामी गतिविधि तथा कामकाजको प्रतीक्षा गर्नैपर्ने हुन्छ ।’
पूर्वराजदूत विजयकान्त कर्णले पनि मेयर र प्रधानमन्त्रीको भूमिकामा धेरै फरक हुने बताए । देशको प्रधानमन्त्री बनेपछि सोच र कार्यशैली स्वाभाविक रूपमा फरक हुने उनको भनाइ छ । ‘मेयरको सोचले देश चल्दैन,’ उनले भने ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनसँग फोन संवाद गरेका कारण दुवै देशबिच आगामी दिनमा सम्बन्ध सुधार हुने र सहकार्य बढ्ने आशा गर्न सकिने कर्णको भनाइ छ । ‘रवि र बालेनले पनि भारतसँग सहयोगको अपेक्षा गरेका छन्,’ उनले भने, ‘अबको सरकारले भारतसँग मात्र होइन, चीन र अन्य देशसँग पनि राम्रो सम्बन्ध राम्रो बनाउनुपर्छ ।’
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि पनि बालेनले भारत, चीन र अमेरिकालाई जोडेर सामाजिक सञ्जालमा आपत्तिजनक कुरा लेखेका थिए । गत कात्तिक १५ गते मध्यरातमा लेखेको उनका भनाइको निकै आलोचना भएको थियो । सो अलोचनापछि उनले उक्त पोस्ट डिलिट गरेका थिए ।
त्यस यता बालेनले अन्तर्राष्ट्रिय विषयमा सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन् । त्यसअघि उनले तत्कालीन सरकार तथा अन्तर्राष्ट्रिय विषयवस्तुलाई लिएर निकै आक्रामक थिए ।
विदेश मामिलाका जानकार आचार्यले नेपालको परराष्ट्र नीतिको निश्चित दिशा रहेकाले सोही अनुसार अघि बढ्नुपर्ने प्रस्ट पारे । ‘देशमा अहिले राजनीतिक परिवर्तन आएको छ, तर परराष्ट्र नीतिमा परिवर्तन छैन र गर्नु पनि पर्दैन होला,’ उनले भने, ‘अहिलेको जे नीति छ, त्यही अनुसार हिँड्नुपर्छ । नयाँ परस्थिति, नयाँ परिवेशमा चुनाव भएर सरकार बन्न लागेको छ । केही कुरामा १८ को २० हुन सक्छन् तर परराष्ट्रमा आमूल परिवर्तन हुँदैन ।’