
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा नेपाल सरकारको खातामा साढे तीन खर्बभन्दा बढी रकम रहेको देखिएको छ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार संघीय, प्रदेश तथा स्थानीय तहका खातामा गरी कुल ३ खर्ब ७३ अर्ब ७३ करोड रुपैयाँ नगद मौज्दात रहेको छ।
यो रकम संघीय सरकारसँगै प्रदेश सरकार र स्थानीय तहका विभिन्न खातामा रहेको नगद रकमलाई समेटेर गणना गरिएको हो।
यसअघि आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा सरकारको खातामा रहेको नगद मौज्दात १ खर्ब ४९ अर्ब ८३ करोड रुपैयाँ मात्र रहेको थियो।
हालको तथ्यांकले केही महिनामै सरकारको खातामा नगद मौज्दात उल्लेख्य रूपमा बढेको देखाएको छ।