
काठमाडौं- रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाको प्रतिस्पर्धा बलियो हुने देखिएको छ।
उक्त क्षेत्रमा रास्वपाका महामन्त्री सुनिल लम्साल र राप्रपामा पूर्वमन्त्री दीपक बोहोराका छोरा प्रज्वल बोहोरा उम्मेदवार रहेका छन्।
देशभरी नै रास्वपाको लहर जसरी छ यस क्षेत्रमा त झनै आशा र विश्वास रहेको स्थानीय बताँछन्।
क्यानडोनपाल यस क्षेत्रका विभिन्न स्थानमा पुगी स्थानीय मतदाताको प्रतिक्रिया लिन सक्षम भयो।
देवदह नगरपालिकाका एक सर्वसाधारण भन्छन्, ‘यहाँ राप्रपा र रास्वपाको प्रतिस्पर्धा हो। कांग्रेस एमालेको यस पटक छैन। तर रास्वपामा बालेन आएको खण्डमा राप्रपाले पनि कति प्रतिशत प्रतिस्पर्धा गर्ला भन्ने छ।’
रास्वपाका लम्सालको सिधा प्रतिस्पर्धा बोहोरासँग र हिसाबले एमालेका उम्मेदवार दधिराम न्यौपानेसँग हुनेछ। यो क्षेत्रमा यसअघि एमाले नेता छविलाल विश्वकर्माले जित निकालेका थिए।
लम्साल रास्वपाका बरिष्ठ नेता बालेन शाह काठमाडौंका मेयर रहेका बेला सल्लाहकारका रुपमा कार्यरत थिए।
चुनावी मैदानका क्रममा निर्वाचन क्षेत्रमा रहेका लम्सालको भनाई छ,‘राजनीतिक परिवर्तनको अर्थ केवल संरचना बदल्नु होइन, निर्णय गर्ने तरिका सुधार्नु हो। कानूनको सम्मान, प्रक्रियाको पालना र सार्वजनिक हितलाई केन्द्रमा राख्ने अभ्यासबाट मात्र विश्वसनीय शासन सम्भव हुन सक्छ। यही दिशामा अघि बढ्नु नैआजको साझा जिम्मेवारी हो।’
लम्सालका लागि सहज के छ भने चुनावी अभियानका क्रममा यसै साता सभापति रवि लामिछाने र शनिबार मात्र बालेन निर्वाचन क्षेत्रमा पुगेका छन्। उनीहरुको उपस्थितिमा जनताको साथले लम्सालको जितमा होस्टे गरेको बताइन्छ।
यद्यपि चुनाव हो भन्न सक्ने अवस्था नहुन सक्छ। तर रास्वपाले अझ प्रभावकारी गरे त यो निर्वाचन क्षेत्रबाट जित निस्कन्छ, अर्का सर्वसाधारण भन्छन्।
विगतको निर्वाचनमा रास्वपाले यहाँ कायम गरेको बलियो आधार र अहिले बदलिएको राजनीतिक समीकरणका कारण यस पटक लम्सालले ‘छलाङ’ मार्न सक्ने विश्लेषण सुरु भएको छ।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले यस क्षेत्रमा पहिलो पटक उम्मेदवारी दिँदा नै सबैलाई अचम्मित पार्ने गरी मत प्राप्त गरेको थियो।
रास्वपाका उम्मेदवारले १४,१४५ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका थिए। यो मत नेकपा (एमाले) र सत्ता गठबन्धनका उम्मेदवार पछि सबैभन्दा ठूलो मत थियो। परिक्षण कालमका रहेका बेला नै अप्रत्यासित मत ल्याउँदै तेस्रो स्थानमा रहेको रास्वपाले यस पटक कम्युनिस्ट र कांग्रेसलाई निक्कै पछाडि छाड्न सक्ने अनुमान गरिन्छ।
समानुपातिकतर्फ पनि रास्वपाले यस क्षेत्रमा उल्लेख्य मत प्राप्त गरेको थियो। रास्वपाले यस क्षेत्रमा करिब १५ हजारभन्दा बढी समानुपातिक मत प्राप्त गरेको तथ्याङ्क छ। यसले के देखाउँछ भने यहाँ रास्वपाको संगठनात्मक संरचना नहुँदा पनि ‘घण्टी’प्रति मतदाताको ठूलो आकर्षण थियो।
यसअघि लगातार दुई वटा निर्वाचनमा एमालेले जित निकालेको थियो। ०७४ भने कम्युनिस्टको गठबन्धन बलियो रहेका कारण सहज जित थियो भने ०७९ मा केही कठिन भएपनि एमालेले जित निकालेको थियो।
यस क्षेत्रमा थपिएका नयाँ युवा मतदाताहरूको ठूलो हिस्सा रास्वपाको पक्षमा ढल्किने सम्भावना छ। २०७९ मा नागरिक उन्मुक्ति र जनमत पार्टीले पाएको झन्डै २० हजार मत पनि यस पटक स्थिर नहुन सक्छ, जसको फाइदा लम्सालले उठाउन सक्छन्।
नेपाली कम्युनिस्ट पार्टीको प्रभाव, नेकपा संयुक्तका घनश्याम भुसालको निजी प्रभावसहित यस पटक टिकट नपाएका छविलाल विश्वकर्माका निजी र रुष्ट मत पनि घण्टीमा जान सक्ने आँकलन गरिन्छ।
यस्तो अवस्थामा रास्वपाले आफ्नो सुरक्षित भोट बैंक (करिब २५–३० हजार) जोगाउन सकेमा थोरै मतान्तरले पनि जित निकाल्न सक्ने अवस्था रहन्छ।
स्थानीय प्रभाव छाड्न सक्ने भएका कारण राप्रपाका बोहोराले कति प्रभाव राख्न सक्छन् भन्ने दाउमा दुवै दल रहेको पाइयो। तर, अब भने परिवर्तनको बालेन लहरले लम्साललाई धेरै असहज नहुने बताइन्छ।