-1700641611.jpg)
काठमाडौं – निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूलाई आफ्नो निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ।
आयोगले विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई मतदातासामु स्पष्ट कार्यक्रम र प्रतिबद्धता प्रस्तुत गर्न आग्रह गर्दै घोषणापत्र सार्वजनिक गर्न भनेको हो। साथै, सार्वजनिक गरिएको घोषणापत्रको एक प्रति सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा अनिवार्य रूपमा पेश गर्नुपर्ने निर्देश पनि जारी गरिएको छ।
आयोगका अनुसार प्रत्यक्षतर्फ ६४ राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी कुल ३ हजार ४०६ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।
आयोगले मतदातालाई सूचित र सचेत निर्णय लिन सहयोग पुग्ने उद्देश्यले घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको जनाएको छ।