हिमालयन ह्वाइटवाटर च्यालेन्ज फागुन १४ देखि, नदीजन्य साहसिक पर्यटन प्रवर्द्धनमा जोड

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं । नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा) र नेपाल पर्यटन बोर्डको सहकार्यमा “२४औं हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औं अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ र कायाकिङ महोत्सव” आगामी फागुन १४–१६, २०८२ (फेब्रुअरी २६–२८, २०२६) मा आयोजना हुने भएको छ ।

महोत्सवमा ३० अन्तर्राष्ट्रिय र १४० राष्ट्रिय खेलाडी सहभागी हुनेछन् । प्रतियोगिताअन्तर्गत कायाकिङका दुई र राफ्टिङको एक विधा गरी तीन स्पर्धा हुनेछन् । पहिलो दिन रेस, दोस्रो दिन नकआउट सेसन र तेस्रो दिन राफ्ट सेसन सञ्चालन हुनेछ । करिब ४००–६०० जनाको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

नेपाल पर्यटन बोर्डले नदीमा आधारित साहसिक गतिविधि (राफ्टिङ, कायाकिङ, कनोइङ) लाई नेपालको छुट्टै पर्यटन उत्पादनका रूपमा विकास गर्दै सातै प्रदेशमा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ । आयोजकका अनुसार यो महोत्सव ५० वर्षे नेपाली जलयात्रा इतिहासको उत्सव समेत हो, जसअन्तर्गत राफ्टिङको व्यावसायिक सुरुवातकर्तालाई विशेष सम्मान गरिनेछ ।