
काठमाडाैं । नेपाली काँग्रेसका सांसद पदम परियारले प्रधानमन्त्री शुशीला कार्कीलाई राष्ट्रिय जिम्मेवारी महशुस गरेर काम गर्न आग्रह गनुभएको छ ।
बुधवार बसेको राष्ट्रिय सभाको वैठकमा शुन्य समयमा बोल्दै उहाँले प्रधानमन्त्रीलाई निर्वाचनको लागि निष्पक्ष र पारदर्शी वातावरण सुनिश्चित गर्न आग्रह गर्नुभयो । सरकारले गरेको पछिल्ला केही निर्णयले निर्वाचन शान्तिपूर्ण, भयरहित र धाँदलीरहित हुने कुरामा आशंका उत्पन्न भएको उहाँको भनाई छ ।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्याधिवक्ताको कार्यलय र गैरआवासीय नेपाली संघको महाविधेशनको आयोजक सरकार रहेने विषमा असन्तुष्टी जनाउनुभयो । मतदाताको करोडौँ रुपैयाँ ठगी गरेको अभियोगमा अदालतको फैसलाअनुसार जेल सजाय भोगिरहेका एक उम्मेदवारको मुद्दा फिर्ता लिने विवादास्पद र शंकास्पद निर्णय गरेर नागरिक सरकारले दलिय पक्षधरता लिएको उहाँको आरोप छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन स्वयं सरकार आयोजक बसेर निर्वाचनको मुखमा गरिनु पनि उपयुक्त नभएको उहाँको भनाइ छ । यी र यस्तै निर्णयले सरकार कुनै अमुक दल वा उम्मेदवारतर्फ क्रमशः पक्षधर बन्दै गएको त होइन भन्ने प्रश्न नागरिक तहमा उठ्न थालेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘फागुन २१ गते नै निर्वाचन गर्नेगरी सरकार र निर्वाचन आयोगले परेको प्रयास प्रशंसनीय छ । तर सरकारले गरेका पछिल्ला केही निर्णय र कामकारबाहीलाई विश्लेषण गर्दा चुनाव निष्पक्ष, भयरहित र धाँदलीरहित हुने कुरामा आशंका मान्नुपर्ने परिस्थिति सिर्जना भएको छ । मतदाताको करोडौँ सम्पती ठगी गरेको आरोपमा अदातको फैसलाअनुसार जेल बसेका उम्मेद्वारको मुद्दा फिर्ता लिने विवादास्पद निर्णय सरकारले गरेको छ ।
गैरआवासीय नेपाली संघको निर्वाचन सरकारले आयोजक बसेर निर्वाचनको सम्मुखमा गर्न लागिरहेको छ । यी र यस्तै निर्णयहरुले नागरिक सरकारले चुनावमा नजानिँदो पाराले अमुक दल र उम्मेद्वारतर्फ क्रमश पक्षधरता देखाउँदै गएको त होईन भन्ने प्रश्न उठेको छ । प्रधानमन्त्रीज्यु राष्ट्रिय जिम्मेवारी महसुस गर्नुहोस्, गुण तिर्नेतिर नलाग्नुहोस् ।’ उहाँले विवादास्पद निर्णय पुनर्विचार गर्न तथा राज्य संयन्त्रलाई तटस्थ ढंगले परिचालन गर्न सरकारसँग माग गर्नुभयो ।