कास्की–२ : रास्वपा अघिल्लो चुनावको प्रत्यक्षको उपबिजेता, यस पटक बिजेता हुने प्रक्षेपण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा– २१ फागुनमा हुन लागिरहेको प्रतिनिधि सभाको मध्यावधि निर्वाचनमा कास्की–३ मा मुख्य दलसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तिव्र प्रतिस्पर्धा देखिएको छ।

यस निर्वाचन क्षेत्रमा ०७९ को मतदानका क्रममा रास्वपाले जुन हैसियतलाई पहिलो पटक अनुभूती गरेको छ बरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्ने चर्चाले ‘अन्डर डग’बाट ‘फ्रन्ट रनर’को यात्रातिर लम्किएको सर्वसाधारणका प्रतिक्रियाले प्रष्ट पार्दछ।

यस क्षेत्रमा रास्वपाले पूर्वपत्रकार उत्तम पौडेललाई उम्मेदवार बनाएको छ। यस्तै, नेपाली कांग्रेसका माधव बास्तोल र नेकपा एमालेका रश्मी आचार्यलाई उम्मेदवार बनाइएको छ।

०७४ मा कास्की–२ मा जम्मा दुई पक्षको घमासान थियो। तर ०७९ मा जब रास्वपा पनि मैदानमा आयो अनि चुनावी चित्र फेरिएको थियो।

यस पटक भने रास्वपामा बालेन शाह उत्साहले फरक चित्र हुने यहाँका सर्वसाधारण, राजनीतिक विश्लेषकको पनि ठम्याई छ।

२०७९ मा रास्वपाको आगमनले यहाँको राजनीतिक समीकरण पूर्णतः बदलिदियो।

एमालेकी विद्या भट्टराईले अघिल्लो चुनावमा जित निकालेकी थिइन्। एमालेभित्र उनले अपमान महसुस गरेपछि अहिले चुनावी मैदानमा छैनन्। यो क्षेत्र एमालेका दिवंगत नेता रविन्द्र अधिकारीप्रति भावुक पनि मानिँदो रहेछ।

यसकारण एमालेभित्रैको असन्तुष्टि उसका लागि यस निर्वाचनमा रास्वपाको शक्ति बन्न सक्ने अनुमान स्थानीयवासीले गरेका छन्।

अघिल्लो चुनावमा उनै अधिकारी पत्नीसमेत रहेकी भट्टराईले १६,९९८ मत ल्याएर जित निकालेकी थिइन्। जहाँ रास्वपाका माधवप्रसाद कँडेलले १५,३८९ मत ल्याएका थिए।  गठबन्धनका श्रीनाथ बरालले ९,६५९ मत ल्याएका थिए।

समानुपातिकतर्फ यस क्षेत्रमा रास्वपाले सबैभन्दा धेरै मत प्राप्त गरेको थियो। रास्वपाले झण्डै १८ हजार भन्दा बढी मत ल्याएर पहिलो शक्ति बनेपछि यो क्षेत्र घन्टी चुनाव चिन्हको गढका रूपमा चिनिन थाल्यो।

आगामी फागुन २१ को निर्वाचनका लागि रास्वपाले कास्की–२ मा पौडेललाई उम्मेदवार बनाएको छ।

पौडेल पत्रकारिता पृष्ठभूमिबाट आएका र रास्वपा सभापति रवि लामिछानेका निकट पात्र मानिन्छन्। उनीसँगै एमालेबाट रश्मि आचार्य र कांग्रेसबाट मधु बास्तोला चुनावी मैदानमा पराजित गर्न सक्ने पात्र पनि मानिन्छन्।

यो क्षेत्र पूर्णतः पोखरा महानगरका शहरी वडाहरू (१, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, ३३) मा पर्छ। शहरी क्षेत्रमा पुराना दलहरूप्रति चरम असन्तुष्टि र नयाँ विकल्पप्रतिको चाहना रास्वपाको लागि ठूलो शक्ति हो।

२०७९ मा समानुपातिकमा पहिलो शक्ति बनेको हुनाले त्यसलाई प्रत्यक्ष मतमा बदल्न सके उत्तम पौडेलको जित सहज देखिने बताइन्छ। अझ अहिले बरिष्ठ नेता बालेन शाहको लहरले कास्की–२ अब फ्रन्ट लाइनर रहेको टिप्पणी यहाँका राजनीतिक विश्लेषकहरु पनि गर्छन्।

एमालेको विरासत जोगाउने प्रयास र कांग्रेसको पुनरागमनको रणनीतिका बीच रास्वपाले ‘स्विङ भोट’ (अनिर्णित मत) तान्न सके नतिजा आफ्नो पक्षमा पार्ने प्रवल सम्भावना रहेको विश्लेषण गरिन्छ।