अमेरिकी हिरासतमा रहेका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई मुक्त गर्न माग गर्दै भेनेजुएलामा हजारौँ मानिसले राजधानी काराकासमा विरोध प्रदर्शन गरेका छन् । जनवरी ३ मा मादुरो दम्पतीलाई अमेरिकी सेनाले कब्जा गरेको एक महिनादेखि भएको यो पहिलो ठुलो प्रदर्शन हो ।
प्रदर्शनकारीहरूले भेनेजुएलालाई निकोलस चाहिन्छ ! भन्ने नारा लगाएका थिए भने उनको रिहाइका लागि साइन बोर्ड बोकेका थिए । प्रदर्शनमा सार्वजनिक क्षेत्रका धेरै कामदारहरू सहभागी भएका थिए ।
मादुरोका छोरा निकोलस मादुरो गुर्राले भीडलाई सम्बोधन गर्दै अमेरिकी सेनाको अपरेसनले देशलाई ठुलो चोट पुर्याएको बताएका थिए । प्रदर्शनकारीहरूले अमेरिकालाई मादुरो दम्पतीलाई फिर्ता ल्याउन दबाब दिएका छन् ।
साेही दिन विश्वविद्यालयका कैयौँ विद्यार्थी र राजनीतिक बन्दीका आफन्तहरूले पनि जेलमा रहेका राजनीतिक कैदीहरूको रिहाइकाे माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन् । उनीहरूले डेल्सी रोड्रिगेजको नेतृत्वमा सरकारमा व्यापक सुधार र कूरियाँ कानुन पारित गर्ने माग गरिएकाे थियो ।
जनवरी ३ मा भएको अमेरिकी सेनाले काराकासमा आक्रमण गरेर मादुरो र उनकी पत्नीलाई समातेर अमेरिका लगेको थियो ।