स्लोभाकियामा प्रधानमन्त्रीका सुरक्षा सल्लाहकारले दिए राजीनामा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अमेरिकाको न्याय मन्त्रालयले जारी गरेका यौन दूराचारी जेफ्री एप्स्टिनसम्बन्धी फाइलमा आफू जोडिएको देखिएपछि उनले पदबाट राजीनामा दिएका हुन् । शनिबार भिडियो सन्देशमार्फत फिकोले लाज्चाकको राजीनामा स्वीकार गरेको पुष्टि गर्दै उनलाई कूटनीति र विदेश नीतिमा अपूरणीय अनुभव भएका व्यक्ति भने ।

राजीनामा एप्स्टिनसँग सम्बन्धित ३० लाखभन्दा बढी दस्तावेज सार्वजनिक भएको एक दिनपछि आएको हो । ती फाइलमा लाज्चाकले एप्स्टिनसँग २०१८ मा महिलाबारे हल्का–फुल्का सन्देश आदान प्रदान गरेको देखिन्छ । यद्यपि कुनै कानुनी अपराध प्रमाणित भएको छैन ।

एक च्याटमा लाज्चाक र एप्स्टिनले रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँगको भेट र महिलाबारे मजाक गरेको देखिन्छ । २०१७ मा पठाएको अर्काे इमेलमा लाज्चाकले एप्स्टिनलाई एक महिला फिल्म निर्मातालाई ओस्कार सूचीमा पुग्न सहयोग गर्न आग्रह गरेका थिए ।

सुरुमा उनले महिलाबारे कुरा गरेको अस्वीकार गरे पनि पछि प्रधानमन्त्रीलाई राजनीतिक क्षति नपुगोस् भन्दै राजीनामा दिएको स्लोभाक सञ्चारमाध्यमले जनाएका छन् ।

यस विवादलाई आफू विरुद्धको राजनीतिक हमला भन्दै प्रधानमन्त्री फिकोले यसको आलोचना गरेका छन् । उनले लाज्चाकमाथिको प्रतिक्रिया अत्यधिक पाखण्डपूर्ण भएको दाबी गरेका छन् । लाज्चाक चार वटा सरकारमा सेवा गरिसकेका वरिष्ठ कूटनीतिज्ञ हुन् । हालैसम्म उनी पश्चिमी बाल्कनका लागि युरोपेली संघका विशेष प्रतिनिधि पनि थिए ।