अमेरिका इरानमा सैन्य आक्रमणको तयारीमा : पूर्व सिआइए अधिकारीको दाबी

अमेरिकाका पूर्व सिआइए अधिकारी जोन किरियाकोउले आगामी हप्ताको सुरुमा इरानविरुद्ध सैन्य आक्रमण गर्ने अन्तिम निर्णय भइसकेको दाबी गरेका छन् । जुलियन डोरे पोडकास्टमा उनले ह्वाइट हाउसका एकजना पूर्व गुप्तचर अधिकारीको हवाला दिँदै प्रशासनले दिएको सार्वजनिक समयसीमा हुँदाहुँदै पनि आक्रमण सन्निकट हुन सक्ने बताए । किरियाकोउले भने, “मेरो एक साथी, पूर्व सिआइए अधिकारी हुन्, जो आज […]

श्रममन्त्रीको ‘टास्क फोर्स’ले मेडिकल व्यवसायी सशङ्कित

वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित बनाउने भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले अनुसन्धान प्रहरीसहितको ‘स्पेसल टास्क फोर्स’ गठन गरेका छन्। एक साताअघि गठन भएको उक्त फोर्सले अहिले म्यानपावर कम्पनी र तिनका सञ्चालकका साथै स्वास्थ्य परीक्षण गर्ने मेडिकलहरूमाथि अनुगमन गरिरहेको छ। टास्क फोर्सले कामदार ठगिएको उजुरीभन्दा पनि रोजगारदाता देशबाट आएको डिमान्डका आधारमा स्वास्थ्य मेडिकलमा दैनिक […]

काठमाडौँको रानीवारिबाट १८ तोला सुन चोरी

काठमाडौँ महानगरपालिका–२६ स्थित रानीवारिमा रहेको एउटा घरबाट ठुलो परिमाणमा सुनका गहना चोरी भएको छ । रानीवारि स्थित सरकारी धारामा बस्ने ३५ वर्षीया कालिका रोका मगरको डेराबाट सुन र नगद सहित करिब ५६ लाख ५० हजार बराबरको चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । घरमा कोही नभएको मौकामा शनिवार दिउँसो सुन चोरी भएको हो […]

निर्वाचन आयुक्त जबरा परिवार ठगीको सिकार भएपछि…

निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबराको परिवार ठगीमा परेका छन् । राम्रो जग्गा सस्तो दाममा पाइने लोभमा पर्दा आयुक्तकी श्रीमती सीमा राणा ठगिएकी हुन् । आयुक्त जवराकी श्रीमती सीमा राणालाई सस्तोमा जग्गा मिलाइदिने प्रलोभन देखाई १८ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा सिन्धुली निवासी ४० वर्षीय मधु कार्कीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको […]

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा

नेपालमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘नेपालमा इथानोल मिश्रण नीतिः अवसर, चुनौती र कार्यान्वयनको रणनीति’ विषयक कार्यक्रममा सरकार तथा निजी क्षेत्रका प्रतिनिधिले पेट्रोलमा इथानोल मिश्रण गर्ने नीति शीघ्र कार्यान्वयनमा ल्याउनुपर्ने जोड दिएका हुन् । कार्यक्रममा उद्योग, वाणिज्य […]

‘फागुन २१ गते नै चुनाव हुन्छ, बिथोल्ने प्रयास सफल हुँदैन’

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरेका छन्। आइतबार गोरखापत्र संस्थानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले निर्वाचनका बारेमा फैलाइएका अनावश्यक भ्रम र संशयको पछि नलाग्न उम्मेदवार तथा राजनीतिक दलहरूलाई सुझाव दिएका हुन् । केही तत्त्वले निर्वाचन बिथोल्ने प्रयास गरे पनि त्यस्ता प्रयास सफल नहुने […]

सुदूरपश्चिममा डेङ्गुको कहर : तीन वर्षमा ७ हजारभन्दा बढी सङ्क्रमित

सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ। स्वास्थ्य निर्देशनालय दिपायलको पछिल्लो तथ्याङ्क अनुसार विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ हजार ६ सय ८३ पुगेको छ। स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार अघिल्ला वर्षहरूको तुलनामा सङ्क्रमणको ग्राफमा केही उतारचढाव देखिए पनि जोखिम भने अझै टर्न सकेको छैन। तथ्याङ्क […]

‘चुनावमा मात्र आउनेलाई भोट दिइँदैन’

यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा चुनावी माहोल निकै तातिएको छ। १६ राजनीतिक दल र ९ स्वतन्त्र गरी कुल २५ जना उम्मेदवार मैदानमा उत्रिएपछि यसपटकको प्रतिस्पर्धा रोचक हुने देखिएको छ। उम्मेदवारहरू मतदाता रिझाउन घरदैलोमा व्यस्त रहँदा मतदाताले भने विकास र सुशासनको ग्यारेन्टी खोजिरहेका छन्। चाँगुनारायण […]

मेची भन्सारबाट अलैँची निर्यातमा उल्लेख्य वृद्धि, चिया र अम्रिसोको व्यापार भने ओरालो

झापाको मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा अलैँची निर्यातमा ठुलो सुधार आएको छ। भन्सार कार्यालयको तथ्याङ्क अनुसार विगत सात महिनाको अवधिमा अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेर ८ अर्ब ६१ करोड २० लाख ७ हजार रुपैयाँ बराबरको पुगेको छ। सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार यस अवधिमा कुल ४ हजार १५३ […]

काठमाडौँ महानगरका वडाबाटै जग्गाको काम सुरु

काठमाडौँ महानगरपालिकाले नागरिकलाई जग्गासम्बन्धी सेवा घरदैलोमै उपलब्ध गराउन ‘भू–सेवा केन्द्र’ र ‘भू–सूचना प्रणाली’ सञ्चालनमा ल्याएको छ। आइतबार आयोजित एक विशेष कार्यक्रमका बिच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. कुमार इङ्नामले यो सेवाको औपचारिक शुभारम्भ गरेका हुन्। संविधानले परिकल्पना गरेको ‘गाउँगाउँमा सिंहदरबार’ को अवधारणालाई मूर्त रूप दिन र सिंहदरबारमा पाइने सुविधाहरू स्थानीय तहबाटै […]