म राम्रा बाहेक अरू काम गर्दिनँ : मिश्र
प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौँ क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले आफू इमानदारीपूर्वक देश र जनताको सेवामा समर्पित हुने बताएका छन्। चुनावी घरदैलो अभियानका क्रममा शुक्रबार काठमाडौँको अनामनगर क्षेत्रमा पुगेका मिश्रले विगतमा धेरै नेताले जनमत पाए पनि देशको अवस्था बदल्न नसकेको भन्दै आफू फरक सोचका साथ मैदानमा उत्रिएको दाबी गरेका हुन्। […]
‘जिरो डिग्री’ मा सनिशा भट्टराई अनुबन्धित, विजय बरालसँग जोडी बाँध्ने
छायांकन तयारीमा रहेको फिल्म ‘जिरो डिग्री’ मा शीर्ष अभिनेत्रीमा सनिशा भट्टराई अनुबन्धित भएकी छन् । यस सँगै फिल्ममा विजय बराल र सनिशाको जोडीलाई देख्न पाइनेछ । हालै मात्र ‘अरे हो नेता जी’ बोलको व्यंग्यात्मक गीत सार्वजनिक गरेर चर्चा बटुलेको यस फिल्ममा सनिशाको प्रवेशसँगै मुख्य कलाकारको लाइनअप पूरा भएको छ । ‘१२ गाउँ’ बाट फिल्ममा डेब्यू […]
चुनौती र संशयबीच समयमै निर्वाचन हुने वातावरण बन्यो : अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वर खनालले थुप्रै चुनौती र संशयकाबीच तोकिएको समयमा निर्वाचन हुने वातावरण निर्माण भएको बताएका छन् । पर्यटन बोर्ड र परिसूचक मिडियाले शुक्रबार ललितपुरमा आयोजना गरेको नेपाल पर्यटन गोष्ठीमा अर्थमन्त्री खनालले जेनजी आन्दोलनपछि बनेको सरकारलाई निर्वाचन सम्पन्न गराउनेदेखि अन्य धेरै चुनौती रहेपनि संयमतापूर्वक सबैको विचारलाई सुन्दै सरकारले तोकिएको समयमा निर्वाचन हुने वातावरण निर्माण गरेको बताएका […]
रणवीर सिंहसँग १० करोड फिरौती माग : लरेन्स ग्याङका ‘ह्यारी बक्सर’ ले दिए सिध्याउने धम्की
बलिउड अभिनेता रणवीर सिंहलाई कुख्यात लरेन्स बिश्नोई ग्याङका सदस्य ह्यारी बक्सरले १० करोड भारतीय रुपैयाँ फिरौती माग्दै ज्यान मार्ने धम्की दिएका छन्। रणवीरका म्यानेजरलाई ह्वाट्सएपमार्फत अमेरिकाको नम्बरबाट एउटा भ्वाइस नोट पठाइएको छ, जसमा रकम नदिए परिणाम भोग्न तयार रहन चेतावनी दिइएको छ। सारांश बलिउड अभिनेता रणवीर सिंहलाई लरेन्स बिश्नोई ग्याङले १० करोड फिरौती मागेर ज्यान […]
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छन् नेपाली सेनाको हेलिकोप्टरबाट यहाँ आएकी प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ मन्दिरमा दर्शन गरेकी हुन्। मन्दिर दर्शनका लागि जाने क्रममा उनलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारी, मुक्तिनाथ विकास समितिका उपाध्यक्ष रिनजिन नाम्गेल गुरुङ, […]
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा भाग लिने सिलसिलामा लिस्बनमा रहेका परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र पोर्चुगलका परराष्ट्र तथा सहयोग मामिलासम्बन्धी सचिव डा अना इसाबेल जेभियरले बिहीबार विशेष समारोहका बिच लिस्बनस्थित नेपाली दूतावासको चान्सरीको संयुक्त रूपमा उद्घाटन गरेका छन् । त्यस अवसरमा परराष्ट्र सचिव राईले दूतावासको स्थापनामा पोर्चुगल सरकारले गरेको सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गरे […]