ग्यास अभावको मौका छोपेर बजारमा ‘ब्रह्मलुट’ : ग्याससहितको सिलिन्डर किन्न ४ हजार ६ सय

बजारमा अहिले खाना पकाउने एलपी ग्यासको चरम अभाव छ । सर्वसाधारणले सहज रूपमा ग्यास पाउन सकेका छैनन् । डिपोहरूमा रित्ता सिलिन्डरको लाइन छ भने विक्रेताकहाँ नाम टिपाएर हप्तौँ कुर्नुपर्ने बाध्यता छ । यता नेपाल आयल निगमले ग्यास आयात बढाएको र सहज भइसकेको बताइरहेको छ । उद्योगीहरू भने ग्यास आयात बढेको तर उपभोक्ताले अनावश्यक रूपमा खरिद […]
‘विषालु’ बन्यो बिहे भोज, नयाँ बिरामी थपिएको थपियै

खोटाङमा बिहे भोज खाँदा बिरामी पर्नेको संख्या बढिरहेको छ । जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएपछि आफन्त र स्थानीयवासी बिरामी परेका हुन् । माघ २१ गतेको विवाह भोज खाएकामध्ये बेहुला–बेहलीसहित करिब डेड सय स्थानीय बिरामी परेका छन् । उपचारपछि धेरैजसो बिरामी निको भएर घर फर्किरहेका छन् । तर, नयाँ बिरामी थपिने क्रम जारी रहेको जन्तेढुंगा […]
बागलुङ–२ मा नेकपालाई जनमोर्चाको भर, कांग्रेस–एमालेलाई नयाँको डर

प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिएसँगै बागलुङ क्षेत्र नम्बर २ मा पनि बिस्तारै चुनावी सरगर्मी बढ्न थालेको छ । भौगोलिक विकटता र अप्ठ्यारो भूगोलका कारण यहाँका उम्मेदवारले एकै पटकमा धेरै मतदाता भेट्न मुस्किल पर्छ । अग्ला–अग्ला पहाड छिचोलेर एकदेखि अर्को बस्ती पुग्नुपर्दा घण्टौँ लाग्ने गर्छ । स–सानो टोलमा पुगेर मतदाता रिझाउन धेरै समय खर्चिनु पर्ने बाध्यता […]
एपिस्टनसँगको सम्बन्धबारे फ्रान्समा पूर्व मन्त्रीमाथि छानबिन

फ्रान्सका वित्तीय अपराध अभियोजकहरूले पूर्व संस्कृतिमन्त्री ज्याक लाङमाथि कर छलीबाट प्राप्त रकम शुद्धीकरण गरेको आशङ्कामा प्रारम्भिक अनुसन्धान सुरु गरेका छन् । अमेरिकी यौन अपराधी जेफ्री एप्स्टिनसँगको सम्बन्धबारे खुलासा भएपछि यो छानबिन सुरु भएको हो । ८६ वर्षीय लाङले आधारहीन भन्दै आरोप अस्वीकार गरेका छन् । अनुसन्धानले आफ्नो इमानदारी स्पष्ट गर्ने उनको भनाइ छ । अनुसन्धान […]
खोकनामा अझै पेलिन्छ तेल : तीन सय वर्षे काठको कोलले धानेको परम्परा

ललितपुरको ऐतिहासिक बस्ती खोकना शुद्ध तोरीको तेलका लागि आज पनि परिचित छ । खोकना सम्झनासाथ धेरैको मनमा शुद्ध तोरीको तेलको स्वाद र सुगन्ध झल्किन्छ । करिब तीन सय वर्ष लामो इतिहास बोकेको काठको तेल मिल (कोल) अहिले पनि यहाँ सञ्चालनमा रहेकाले खोकनाको पहिचान जोगिएको स्थानीय बताउँछन् । ललितपुर महानगरपालिका–२१ खोकनामा रहेको ऐतिहासिक ‘गाबु ज्याः सा’ […]
हेट–स्पीच कानुन विवादपछि फेरि एकजुट भयो अस्ट्रेलियाको विपक्षी गठबन्धन

घृणा उत्पन्न गर्ने अभिव्यक्ति नियन्त्रणसम्बन्धी कानुनलाई लिएर दुई हप्ताभन्दा बढी समय सम्म अलग्गिएपछि अस्ट्रेलियाको प्रमुख विपक्षी शक्ति लिबरल–नेसनल गठबन्धन आइतबार औपचारिक रूपमा पुनः एकजुट भएको छ । क्यानबेरामा संयुक्त रूपमा उपस्थित हुँदै लिबरल नेतृ सुसान लेले गठबन्धन फर्किएको र अब विगत होइन, भविष्यतर्फ हेर्ने बताइन् । विभाजन गम्भीर वैचारिक मुद्दाका कारण भएको स्वीकार गर्दै नेसनल […]