म्यान्माको चुनावलाई आसियानले मान्यता दिएन

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) ले म्यान्मामा हालै सम्पन्न चुनावलाई मान्यता नदिने स्पष्ट पारेको छ । सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि सम्पन्न यो पहिलो चुनाव सेना समर्थित दलले जितेको दाबी गरे पनि आसियानले त्यसलाई स्वीकार नगर्ने फिलिपिन्सका विदेशमन्त्री थेरेसा लाजारोले बिहीबार बताए । यो निर्णय म्यान्माका सैन्य शासकहरूका लागि अन्तर्राष्ट्रिय मान्यता खोज्ने प्रयासमा […]

चिसोका कारण कीएभमा आक्रमण नगर्न पुटिन सहमत भएको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनको राजधानी कीएभसहित अन्य सहरहरूमा एक सातासम्म आक्रमण नगर्न सहमत भएको दाबी गरेका छन्। युक्रेनमा बढ्दो अत्यधिक चिसो र हिमपातलाई मध्यनजर गर्दै आफूले गरेको आग्रहलाई पुटिनले स्वीकार गरेको ट्रम्पले बताएका हुन्। रुसले यसबारे आधिकारिक पुष्टि नगरे पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस कदमको स्वागत गर्दै रुसले आफ्नो […]

अब कुनै आमाको काख नरित्तियोस्- प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र संकल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्। सहिद दिवसका अवसरमा उनले शुभकामना सन्देश जारी गर्दै नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्। ‘उहाँहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ, […]

पञ्चकन्या मन्दिर र च्याङ्ग्रे पोखरी पुनर्निर्माणका निम्ति रकम जुट्दै

पौवादुङमा गाउँपालिकामा अवस्थित च्याङ्ग्रे पोखरी तथा सोही स्थानमा रहेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पञ्चकन्या देवी मन्दिरको संरक्षण, विकास तथा पुनर्निर्माणका लागि सहयोग जुट्न थालेको छ । पञ्चकन्या मन्दिर पुनर्निर्माणका लागि गरिएको सहयोग आह्वानअनुसार ललितपुरको धापाखेलस्थित जेम्स स्कुलका संस्थापक राजेश खड्काले मन्दिर निर्माणका लागि रु पाँच लाख नगद सहयोग प्रदान गरेकाे अध्यक्ष किरण राईले […]

राणाकालदेखि जेनजी आन्दोलनसम्मका सहिदलाई प्रचण्डको श्रद्धाञ्जली, भने– सपना अधुरै छ

 नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद दिवसको अवसरमा शुभकामना दिदै सहिदका सपना अझै पूरा नभएको बताएका छन्। उनले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका लागि जीवन आहुति दिने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस्तो धारणा राखेका हुन्। प्रचण्डले नेपालको परिवर्तनको इतिहास सहिदहरूको रगतले लेखिएको बताए। उनले सन्देशमा सामन्ती राणा शासनविरुद्ध लड्ने लखन […]

आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता

तीन निर्वाचन क्षेत्र भएको बाँकेमा आचारसंहिता पालनासम्बन्धी बैठक सम्पन्न भएको छ । बैठक राजनीतिक दल र तिनका उम्मेदवारसँग बिहीबार सम्पन्न भएको हो । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ ले आयोजना गरेको उक्त बैठमा सहभागी राजनीतिक दल र उम्मेदवारले आचारसंहिता पालन गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस अवसरमा बाँकेका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले निर्वाचन आचारसंहिता […]

अस्थायी मतदाता विवरण पनि सङ्कलन हुँदै

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा अस्थायी मतदाता विवरण सङ्कलन सुरु भएको छ । समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन पाउने जिल्लास्थित सरकारी कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दीलागयतको विवरण सङ्कन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले  बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता पालना र सुरक्षा व्यवस्था चुस्त बनाउन सरोकार भएकाहरूसँग छलफल […]

शहीदहरूले देखाएको मार्गचित्रमा अघि बढौँः सुनिता डंगोल

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले शहीदहरूले देखाएको मार्गचित्रमा सबै निकायको सहयोग र समन्वयमा एकीकृत योजना बनाई अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएकी छिन् । शहीद दिवसका दिन काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले शहीदहरूले देखाएको मार्गचित्रमा अघि बढ्नुपर्ने बताइन् । उनले शहीदहरुले दिएको बलिदानको जगमा टेकेर शासन, स्वतन्त्रता र स्वाधीनताको उपयोग गरिरहेको […]

अमेरिकी बजेटमा सहमति : सरकारी कामकाज ठप्प हुनबाट जोगियो, गृह मन्त्रालयको कोष भने अन्योलमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिनेटमा रिपब्लिकन र डेमोक्र्याटहरूबीच सरकारी खर्च प्याकेजका मुख्य हिस्साहरू अघि बढाउने विषयमा ऐतिहासिक सहमति भएको घोषणा गरेका छन्। बिहीबार सिनेटमा भएको यस सम्झौताले रक्षा, स्वास्थ्य, कोष र संघीय अदालतसहितका प्रमुख निकायहरूको बजेट सन् २०२६ को सेप्टेम्बर अन्त्यसम्मका लागि सुनिश्चित गरेको छ। यद्यपि, आन्तरिक सुरक्षा विभाग (डीएचएस) सँग सम्बन्धित छैटौँ विधेयकलाई भने […]

शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा

शहीद दिवसको दिन आज बिहान प्रधानमन्त्री सुशीला कार्कीले शहीद स्मारक लैनचौरमा श्रद्धाञ्जली अर्पण गरेकी छिन् । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना हुने गरिएको […]