निर्यात व्यवसायीलाई अनुदान दिनसक्ने अवस्था छैन: मन्त्री सिन्हा

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले चालु आर्थिक वर्षका लागि अघिल्लो सरकारले निर्यात अनुदान शीर्षकमा १० हजार मात्रै छुट्टाएको कारण वर्तमान सरकारले त्यस्तो अनुदान दिनसक्ने अवस्था नरहेको बताउनुभएको छ । काठमाडाैंमा बुधबार आयोजित एक कार्यक्रममा बाेल्दै मन्त्री सिन्हाले यस्ताे बताउनुभएकाे हाे। उहँले विदेशी मुद्रा भित्र्याउन निर्यातले विशेष भूमिका खेलेपनि तत्कालिन सरकारको अकर्मण्यताका कारण निर्यात व्यवसायीलाई […]

पोखरा महानगरले किसानलाई गोबर मल खरिद र ढुवानीमा अनुदान दिने

पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका किसानलाई गोबरको मल खरिद र ढुवानीमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरभित्रका स्थानीय पशुपालक किसानका फार्ममा मल पूर्ण रूपमा उपयोग नभई खेर जाने गरेकाले मलको सदुपयोग एवं खरिद गर्ने किसानलाई पनि राहत पुगोस् भन्ने उद्देश्यले अनुदानको कार्यक्रम राखिएको महानगरका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । जिल्ला […]

गगन थापाकाे गुनासाे: ‘पार्टीमा संख्याको आधारमा दम्भ देखाएर म र महामन्त्री शर्माविरूद्ध घेराबन्दी गरियाे’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र महामन्त्री विश्वप्रकाश शर्माविरुद्ध घेराबन्दी भएको गुनासाे गर्नुभएकाे छ। पार्टी केन्द्रीय कार्यालयमा सानेपामा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले महामन्त्रीहरुकाविरुद्ध पार्टीमा घेराबन्दी भएको गुनासाे गर्नुभएकाे हाे। उहाँले कांग्रेसले पछिल्लो समय प्रक्रिया र विधान निल्दै गएको आरोप लगाउनुभयो । उहाँले संख्याको दम्भले नेताहरुले आफूहरुमाथि प्रहार गरिरहेको र सबै मिल्ने काम […]

टर्कीमा २ सय २३ जना संदिग्ध प्रहरीकाे नियन्त्रणमा

टर्कीमा असफल सैन्य विद्रोह (कू) सँग संलग्न भएको आरोपमा देशैभरी सञ्चालित अभियानका क्रममा २ सय २३ जना संदिग्धहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। टर्कीका आन्तरिक मामिलामन्त्री अली येर्लिकायाले मंगलबार पछिल्लो २० दिनमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको बताउनुभएकाे हाे। उहाँले उक्त कारबाही गुलेन मुभमेन्टको गोप्य संरचनाहरूमा संलग्न रहेका व्यक्तिहरूलाई लक्षित गरी गरिएको बताउनुभयो । जसमा गुप्त सञ्चार […]

एमालेले राष्ट्रियसभा निर्वाचनका लागि नेतृ झाँक्रीसहित ६ जना उम्मेदवार टुंग्यायो

नेकपा एमालेले राष्ट्रियसभाका लागि ६ जना उम्मेदवारको टुंगाे लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले ६ जना उम्मेदवारको टुंगाे लगाएको एक नेताले बताएका हुन् । एमालेले कोशी प्रदेशमा रोशनी मेचेलाई उम्मेदवार बनाउने भएको छ । ती नेताका अनुसार रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिना रखाल र लीला भण्डारीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार […]

थारू समुदायले कपिलवस्तुमा माघी (खिचडी) महोत्सवकाे आयाेजना गर्दै

कपिलवस्तुमा थारु समुदायले आफ्नो नयाँ वर्ष मनाउन माघी (खिचडी) महोत्सव आयोजना गर्न लागेको छ। थारु समुदायले कपिलवस्तुका ३ स्थानमा महोत्सवकाे आयोजना गर्न लागेको जनाएकाे हाे। थारु जातिको भाषा, कला, संस्कृति र पहिचान संरक्षण गर्ने उद्देश्यले जिल्लाका ३ पालिकामा नगरस्तरीय महोत्सव आयोजना गर्न लागिएको थारु कल्याणकारिणी सभा कपिलवस्तुले बताएकाे छ। ‘हम्मन संस्कृति, हम्मनके सान, भूमिपुत्र थारु […]

एमालेले राष्ट्रिय सभा सदस्यमा लुम्बिनीबाट नेतृ झाँक्रीलाई मनोनयन गर्ने

नेकपा एमालेले राष्ट्रिय सभा सदस्यमा पार्टी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पठाउने भएको छ । बुधबार मनोनयन हुने लुम्बिनी प्रदेशको महिलातर्फ उहाँलाई पठाउने निश्चित भएको एमालेका एक नेताले बताएका हुन् । राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट महिला क्लष्टरमा उहाँलाई अघि सारिएको हो । नेतृ झाँक्रीले गुल्मीको क्षेत्र- २ बाट प्रत्यक्षमा निर्वाचन लड्न पाउनुपर्ने माग गर्दै आउनुभएकाे थियाे […]

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशैभरी उम्मेदवारको मनोनयन दर्ता हुँदै

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार देशैभरी उम्मेदवारहरुको मनोनयन दर्ता हुने भएको छ। निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्यकाे निर्वाचन गर्ने भएकाे हाे। राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो। आयोगले यसअघि यहि पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ। त्यस्तै, मंगलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए […]