कञ्चनपुर कारागारमा झडप प्रकरण : छानबिनका लागि सहायक सिडिओको नेतृत्वमा समिति गठन

कञ्चनपुर कारागारमा लाखौँमा भान्सा बिक्री–वितरण हुने गरेको तथ्य खुलेको छ । सरकारबाट प्रदान गरिने नगदमा घोटालादेखि मदिरा, लागुऔषध बेचबिखन, कन्डमका साथै भान्सासमेत बिक्री हुने गरेको तथ्य बाहिर आएको हो ।गत शुक्रबार कारागारभित्र नाइके प्रकाश मल्ल समूह भर्सेस अन्य कैदीबन्दीबिच झडप भएपछि अधिकांश कैदीबन्दीले अन्य सेवा–सुविधामा अनियमितताका साथै भान्सासमेत बिक्री हुने गरेको रहस्य खोलेका हुन् । कारागार पुग्ने सञ्चारकर्मी, […]
बंगलादेश घटनाको विरोधमा नेपालमा प्रदर्शन

बङ्गलादेशको म्यामनसिंह जिल्लामा भ्रमपूर्ण आरोपमा एक हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा युवाहरूले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले घटनामा संलग्नहरूलाई कडा कारबाहीको माग गर्दै बंगलादेश सरकारको प्रतिकात्मक पुत्ला जलाएको छ । प्रदर्शनमा सहभागी युवाहरुले बंगलादेश सरकारविरुद्ध नारावाजी गर्दै पुत्ला जलाएका थिए । युवाहरुले मुस्लिम आयोग नेपालमा खारेज गरिनुपर्ने माग समेत […]
सुशीला कार्की सरकारविरुद्ध जेनजी समूह असन्तुष्ट माइतीघरमा आज प्रदर्शन गर्दै

सरकारसँग असन्तुष्ट जेनजी समूहले आजबाट विरोध प्रदर्शन गर्दै छ । समूहका संयोजक मिराज ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउँदै सोमबार बिहान ११ बजेदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्ने जानकारी दिएका छन्। सरकारसँग असन्तुष्टि जनाउँदै जेनजी समूहले आफूहरूले अघि सारेका माग र मुद्दा सरकारले ‘अपहरण’ गरेको दाबी गरेको छ। प्रधानमन्त्रीको १०० […]