वडा नं. २७ मा विपद् जोखिम न्यूनीकरण केन्द्र र जलन अस्पताल निर्माण हुने

पोखरा, पोखरा महानगरपालिका–२७ मा आपतकालीन सेवा र स्वास्थ्य पूर्वाधार सुदृढीकरणका उद्देश्यका साथ दुई ठूला परियोजनाहरू अघि बढाइएका छन्। करिब ४ रोपनी क्षेत्रफलमा नयाँ वडा कार्यालय भवन निर्माण सम्पन्न भइसकेको छ भने सोही परिसरसँगै करिब ५ रोपनी जग्गामा एशियाली विकास बैंक (ADB) को सहयोगमा विपद् जोखिम न्यूनीकरण केन्द्र (Disaster Risk Reduction Center) निर्माणका लागि ठेक्का प्रक्रिया […]

आज यी प्रदेशमा हल्का वर्षाकाे सम्भावना

देशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना […]

डेडिकेटेड विवादमा प्रधानमन्त्रीः चलाएको भए तिर्नुपर्छ, नचलाएको भए पर्दैन, कसैलाई अन्याय हुँदैन

प्रधानमन्त्री सुशीला कार्कीले डेडिकेटेड तथा ट्रंक लाइन विवादमा कसैलाई पनि अन्याय नहुने गरी समाधान खोज्ने बताएकी छन् । प्रदेशमुख्यमन्त्रीहरूसँगको छलफलमा आइतवार प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । प्रधानमन्त्रीसँगको बैठकमा सातैवटा प्रदेशका मुख्यमन्त्रीहरूले संवादबाट डेडिकेटेड तथा ट्रंक लाइन विवादको समाधान खोज्नुपर्नेमा संघीय सरकारले उद्योगको लाइन काटेर विवाद बढाएको गुनासो गरेका थिए । ठूला २५ वटा उद्योगको […]

सुन किन्न बोलाएर जंगलमा हत्या

झापाको शिवसताक्षी नगरपालिका– १० का ३३ वर्षीय सरोज शर्माको हत्यामा छिमेकी युवाको संलग्नता रहेको पाइएको छ । उनको हत्या चिनजानकै छिमेकीले गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाले आइतबार हत्यामा संलग्नलाई सार्वजनिक गर्दै एक महिनादेखि हत्याको योजना बनाएको जनाएको छ । शर्माको हत्यामा शिवसताक्षी– १० का २७ वर्षीय सुनील साह र २३ वर्षीय राहुल साहलाई प्रहरीले […]