पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध

पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–६ बर्लबामा आज दिउँसो पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले बताए । प्रहरी चौकी भुर्तुङका अनुसार सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक देव बहादुर भुजेल नेतृत्वको टोली परिचालन गरिएको छ ।तर पहिरो […]

११औं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल

एघारौँ विश्व योग दिवसलाई भव्यताका साथ मनाउने तयारीका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालय र योगगुरूसहितका प्रतिनिधिको छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा तीन तहकै सरकारस्तरबाट योग दिवस मनाउन गठित मूल समारोह समितिबाट भइरहेका तयारीबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो। प्रधानमन्त्री ओलीले नेपाल योग र ज्ञानको तपोभूमि भएकाले योगलाई जीवनशैलीका […]

इलामबाट सुनचाँदीको जलप लगाएका गहनासहित २ भारतीय पक्राउ

 इलाम जिल्लाको सुर्योदय नगरपालिका–२ चारमाइलबाट सुन र चाँदीको जलप लगाएका गहनासहित २ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले आइतबार ३२ लाख ६९ हजार ५५७ रुपैयाँ बराबर चाँदी र सुनको जलप लगाएको गहनासहित दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरू भारतको हिमालचल प्रदेश घर बताउने ३८ वर्षीय अभिनास बोध र ३५ वर्षीय रवि […]

इजरायल र इरानबीच तनाव चर्किँयो

इजरायलले इरानमा आक्रमण गरेपछि शुरू भएको दुई देशबीचको तनाव तेस्रो रात पनि कायम रहेको छ । दुवै देशले एकअर्काविरुद्ध गोलाबारी गरिरहेका बीबीसीले जनाएको छ । इजरायली आक्रमणपछि प्रत्याक्रमणमा उत्रिएको इरानले शनिवार राति मध्य इजरायलमा थप क्षेप्यास्त्रहरू प्रहार गरेको छ । इजरायली रक्षा बल ९आईडीएफ० ले पनि राति नै इरानको राजधानी तेहरानमा हवाई आक्रमण गरेको बताएको […]

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । निगमका अनुसार, पेट्रोलमा लिटरको एक रुपैयाँले तथा डिजेल र मट्टीतेलमा लिटरको दुई रुपैयाँले भाउ बढेको हो । चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५७ रूपैयाँ ५० पैसा तथा डिजेल–मट्टीतेलको भाउ लिटरको १४२ रूपैयाँ ५० पैसा पर्नेछ […]