मर्छु भन्दै गोक्यो ताल क्षेत्र पुगेका चिनियाँ नागरिकको उद्धार

मर्छु भन्दै सोलुखुम्बु स्थित गोक्यो ताल क्षेत्र पुगेका चिनियाँ नागरिकको प्रहरीले उद्धार गरेको छ । चिनियाँ नागरिक छुई हुवाङलाई मंगलबार एभरेष्ट हेलिकप्टरमार्फत उद्धार गरिएको पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका डीएसपी रिपेन्द्र कुमार सिंहले रातोपाटीलाई बताए । ३५ औँ जन्मदिनको दुई दिनअघि मर्न लागेको भन्दै उनले टिकटकमा पोष्ट गरेका थिए । हुवाङले पोष्ट गरेपछि परिवारले दूतावासमा त्यसबारे जानकारी […]
सर्वोच्चका न्यायाधीश सिफारिसको तयारी, इजलास नराखी छलफलमा जुटे प्रधानन्यायाधीश

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सर्वोच्च अदालतका न्यायाधीश नियुक्तिको तयारीमा जुटेका छन् । मंगलबार प्रधानन्यायाधीश राउत र न्याय परिषद्की सदस्य न्यायाधीश सपना प्रधान मल्ल समेत इजलासमा नबसी अनौपचारिक छलफलमा जुटेका छन् । अनौपचारिक छलफलपश्चात् साेमबार औपचारिक बैठकको तयारी रहेको न्याय परिषद् स्रोतले जनाएको छ । सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको दरबन्दी रहेकोमा चार न्यायाधीश रिक्त छन् । २०८१ […]
पहिचानका लागि लडिरहेका जेन–जी पुस्ताका एलजीबीटी–आईक्यू

यो जेन–जी पुस्ताका हजारौँ एलजीबीटी–आईक्यू युवाको साझा कथा हो । उनीहरू आफू अगाडि आइरहेका अनेक चुनौतीलाई सामना गर्दै अघि बढिरहेका छन् । उनीहरू लुकेर होइन, खुलेर समाजलाई आँखा जुधाउँदै भन्न चाहन्छन्, ‘म यही हुँ, जस्तो छु, उस्तै स्वीकार गर ।’ एलजीबीटी–आईक्यू समुदायका व्यक्तिहरूलाई नेपालको संविधानले समान व्यवहार गर्नुपर्ने व्यवस्था गरेको छ । तैपनि उनीहरूले आजका […]
‘मिरमिरे’मा प्रकाश सपुतको इन्ट्री

चलचित्र ‘मिरमिरे’मा अभिनेता प्रकाश सपूत अनुबन्ध भएका छन् । अभिनेता दयाहाङ राईपछि प्रकाश यो चलचित्रमा भित्रिएका हुन् । ‘मिरमिरे’बाट प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्ने भएका छन् । अन्य कलाकारबारे हालसम्म यो टिमले जानकारी दिएको छैन । ‘हामी कलाकारसँग सम्झौताकै क्रममा छौँ । केहीसँग कुरा भइरहेको छ,’ निर्देशक यम शेर्पाले भने, ‘हामी अहिले बजारले […]
वडा नं. ८ द्वारा १५ दिने बार्बर तालिम सञ्चालन

पोखरा, जेठ २७ — पोखरा महानगरपालिका वडा नं. ८ को आयोजनामा स्थानीय युवाहरुलाई स्वरोजगारमुखी बनाउन लक्षित १५ दिने कपाल काट्ने (बार्बर) तालिम मंगलबारदेखि सुरु गरिएको छ। तालिम हड्कड ब्यूटी इन्स्टिच्युट प्रा.लि., रानीपौवा, र वडा कार्यालयको सहकार्यमा सञ्चालन गरिएको हो।तालिम संचालन हड्कड ब्यूटी इन्स्टिच्युट प्रा.लि., रानीपौवाको कार्यलयमा हुनेछ। कार्यक्रमको अध्यक्षता वडा नं. ८ का अध्यक्ष रूद्रनाथ […]
एसियन कप छनोट : लाओसविरुद्ध अपराजित रहने नेपालको लक्ष्य

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मंगलबार एसिया कप छनोटअन्तर्गत समूह ‘एफ’को दोस्रो खेलमा लाओसविरुद्ध प्रतिस्पर्धा गर्दै छ । तथ्यांकमा नेपाल लाओससँग अपराजित रहेको छ । नेपालले अहिलेसम्म लाओसविरुद्ध सातमध्ये पाँच खेलमा जित निकालेको छ । लाओसले नेपाललाई दुईपटक बराबरीमा रोकेको छ । खेल लाओसको न्यु लाओस नेसनल रंगशालामा साँझ पौने ६ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले […]
मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सुझाव माग्यो

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीतिका लागि सुझाव मागेको छ । राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै मौद्रिक नीति तर्जुमाका लागि राय–सुझाव माग गरेको हो । ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति तर्जुमा गरी सार्वजनिक गर्दै आएको छ,’ बैंकको सूचनामा उल्लेख छ, ‘यसै क्रममा आर्थिक […]
अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो । नगरप्रमुखस्तरीय निर्णयअनुसार विद्यालयमा बिदा दिइएको नगरप्रमुख पोतिलाल चौधरीले जानकारी दिए । बर्खे बिदाबाट मिलान हुनेगरी नगरभित्रका सामुदायिक तथा […]