सुनसरीबाट ७८३ किलो गाँजासहित ट्रक नियन्त्रणमा

१८ वैशाख, पाेखरा । सशस्त्र प्रहरी बलले सुनसरीबाट ७८३ किलो गाँजा सहितको ट्रक र २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलको १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले बुधबार गाँजा सहितको ट्रक र त्यसका चालक तथा सहचालकलाई नियन्त्रणमा लिएको हो । धरान उपमहानगरपालिका–१३ निशाने डाँडास्थित कोशी लोकमार्गमा […]

१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिक वर्गलाई शुभकामना

कास्की, वैशाख १८ — १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेकपा (एमाले) कास्की जिल्ला सचिवालय सदस्य झपट रानाभाटले समस्त श्रमिक वर्गलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्। रानाभाटले यस दिवसको ऐतिहासिक महत्त्वबारे जानकारी दिँदै भने, “सन् १८८६ मा अमेरिकाको सिकागो शहरमा श्रमिकहरुले ८ घण्टा काम, ८ घण्टा विश्राम र ८ घण्टा मनोरञ्जनको माग गर्दै आन्दोलन गरेका थिए। […]

श्रमिक दिवस केवल बिदा होइन, समानता र अधिकारको सन्देश बोकेको दिन: मेयर आचार्य

पोखरा, वैशाख १८ — पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अन्तर्राष्ट्रिय श्रमिक दिवस केवल बिदाको रूपमा नलिएर यसलाई श्रमको सम्मान, श्रमिकको अधिकार सुनिश्चितता र समतामूलक समाज निर्माणका लागि प्रतिबद्धता व्यक्त गर्ने अवसरको रूपमा लिनुपर्ने धारणा राख्नुभएको छ। अन्तर्राष्ट्रिय श्रमिक दिवस २०८२ को अवसरमा शुभकामना दिँदै मेयर आचार्यले भन्नुभयो, “आजको दिन केवल बिदा होइन—यो श्रमिकहरूको योगदानलाई स्मरण […]

अमेरिकी डलर र अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको मूल्य सस्तियो

पोखरा, १८ बैशाख २०८२।नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको को छ। यी सबै मुद्राको विनियमदर हिजो भने बढेको थियो। आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा […]

कहाँ कहाँ वर्षातको सम्भावाना छ ?

पोखरा, १८ बैशाख २०८२।हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का हल्का […]

आज श्रमिक दिवस

पाेखरा १८ वैशाखः आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र […]