धुलिखेल–खावा सडक विस्तारका लागि पुनः ठेक्का खुल्यो

धुलिखेल–खावा सडक खण्ड विस्तारका लागि पुनः ठेक्का खुलाएको छ । भक्तपुर सडक डिभिजन कार्यालयले बिहीबार सूचना जारी गर्दै उक्त सडक विस्तारका लागि ठेक्का आह्वान गरेको हाे । इच्छुक निर्माण कम्पनीले ठेक्का आह्वान भएको ३० दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ । यसअघि यो सडक विस्तार कार्य समयमै सम्पन्न नहुँदा ठेक्का रद्द गरिएको थियो । २०७९ […]
अवैध सुवाल कलेजका सञ्चालकविरुद्ध ३ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

दर्ता बिना सञ्चालन गरिएको सुवाल इन्टरनेशनल कलेजका सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरणको पनि मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण विभागको पत्रअनुसार जिल्ला प्रहरी परिसर भक्तपुरले यो कलेजका सञ्चालक प्रकाश सुवालविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाएको थियो । परिसरको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिलको कार्यालय भक्तपुरले उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो । सम्पत्ति […]
पोखरामा सुनचाँदी व्यवसायीहरूको आन्दोलन, साउन ४ गतेसम्म पसल बन्द

पोखरा, साउन १ — सरकारले सुनचाँदीमा लगाएको विलासीता कर र मूल्य अभिवृद्धि कर (भ्याट) को विरोधमा पोखरामा सुनचाँदी व्यवसायीहरूले पुनः आन्दोलन सुरु गरेका छन्। कास्की जिल्लाका व्यवसायीहरू आन्दोलित हुँदै साउन ४ गतेसम्म सुनचाँदी पसलहरू बन्द गर्ने निर्णयमा पुगेका हुन्। आन्दोलनको निर्णय पोखरामा भएको संयुक्त व्यवसायीहरूको भेलाबाट गरिएको हो। सुनचाँदी व्यवसायी संघ कास्कीका प्रवक्ता राजकुमार घिमिरेका […]
आजदेखि सुनमा दुई प्रतिशत विलासिता कर

बिहीबारदेखि सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर तिर्नुपर्ने भएको छ । चालू आर्थिक वर्ष ०८२/८३ को बजेटले सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हीरा–पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था गरेको छ । बिहीबारदेखि नयाँ बजेट कार्यान्वयनमा आएसँगै सुनको कारोबारमा विलासिता कर लाग्ने भएको हो । तर, व्यवसायीहरूले भने यो व्यवस्थाको अवज्ञा गर्ने सार्वजनिक घोषणा […]
आजको मौसम कस्तो रहला ? यस्तो छ पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई […]
आज लुतो फाल्ने दिन : साउने संक्रान्ति मनाइँदै

आज साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन […]
हिमालयन बैंकको एफपीओमा आजदेखि आवेदन दिन पाइने

हिमालयन बैंकको थप सर्वाजनिक निष्कासन एफपीओ खुला भएको छ । प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ थप गरी जम्मा १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता खुला गरिएको एफपीओमा बुधबारबाट आवेदन दिन सकिने भएको हो । बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई […]
फेवातालमा १०५५ सीमा पोल गाडिए: मेयर आचार्यको अभियान सफल, संरक्षणमा ऐतिहासिक फड्को!

सम्मानित सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको पुनः सीमाङ्कन पश्चात् सीमा स्तम्भ गाड्ने कार्य सम्पन्न भएको छ । पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा ताल घरमा सीमा स्तम्भहरू गाड्ने काम सम्पन्न भएको हो । ताल घरको सिमानामा १०५५ डिजिटल पिल्लरहरु गाडिएको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले जानकारी दिनुभयो । […]
सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित पक्राउ

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले उनलाई नगरपालिका कार्यालयबाटै घुस रकमसहित बुधबार दिउँसो नियन्त्रणमा लिएको हो । दिउँसो पौने २ बजेतिर कार्यालयमै पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको बेला रंगेहात नियन्त्रणमा लिएको अख्तियार स्रोतले बताएको […]
१२ वटा विद्युतीय बस सञ्चालन गर्दै महानगर यातायात

महानगर यातायात प्रालिले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ। ती १२ बस चक्रपथभित्र सञ्चालन हुनेछन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आज यहाँ आयोजित कार्यक्रममा नयाँ बस सेवाको शुभारम्भ गर्दै पेट्रोलियम इन्धनमा निर्भरता कम गर्दै वातावरणमैत्री र ‘स्मार्ट’ सहर निर्माणका लागि विद्युतीय सार्वजनिक यातायात आवश्यक भएको बताए। उनले भने, ‘सरकारले विद्युतीय बस सञ्चालन गर्न […]