सशस्त्र प्रहरी मुख्यालयबाट आज चुनावमा खटिए १६ सय बढी जनशक्ति

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडाैं । सशस्त्र प्रहरी बल मुख्यालयबाट चुनावी सुरक्षाका लागि १ हजार ६ सय भन्दा बढी जनशक्ति खटिएका छन् ।

सशस्त्र प्रहरी मुख्यालय हलचोकबाट शुक्रबार देशका विभिन्न जिल्लामा जनशक्ति पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएकाे हाे ।यसैबीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले सुरक्षा संवेदनशीलतालाई मध्यनजर राखी निर्वाचन क्षेत्रमा परिचालन हुन निर्देशन दिनुभएको छ ।

‘भर्चुअल’ माध्यममार्फत उहाँले सशस्त्र प्रहरीका सबै युनिटलाई निर्वाचन सुरक्षालाई अभियानका रूपमा लिई खटिन निर्देशन दिनुभयाे ।