अघिल्लो निर्वाचनमा नाउपाबाट रुपन्देही–१ मा उम्मेदवार बनेका धनिराम राप्रपा प्रवेश

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गत प्रतिनिधिसभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट ‘ढकिया’ चुनाव चिह्न लिएर रुपन्देही–१ मा उम्मेदवार बनेका धनिराम चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्।

चुनावी अभियानका क्रममा रुपन्देही र नवलपरासीका विभिन्न कार्यक्रममा सहभागी हुन भैरहवा पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शनिबार चौधरीलाई पार्टीमा स्वागत गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।

रुपन्देही–१ मा राप्रपाबाट प्रज्वल बोहोरा उम्मेदवार छन्। प्रज्वल राप्रपाका दिवंगत नेता दीपक बोहोराका सुपुत्र हुन्।