थाइल्याण्डबाट मलेसिया हुँदै ल्याइएको ११ किलो गाँजासहित विमानस्थलबाट तीन भारतीय पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

थाइल्याण्डबाट मलेसिया हुँदै ल्याइएको गाँजासहित भारतीयहरू विमानस्थलमा पक्राउ परेका छन्। प्रहरीले शुक्रबार ११ किलो दुई सय ७० ग्राम गाँजासहित भारतीय नागरिकहरू समिरा मिर्जा, मोहम्मद जुनैद र अफसाना शेखलाई पक्राउ गरेको हो।

उनीहरुमध्ये मिर्जा र जुनैदको साथबाट तीन किलो आठ सय ७० गाम र शेखको साथबाट सात किलो चार सय ग्राम गाँजा बरामद भएको विमानस्थल प्रहरीका प्रवक्ता एसपी राजकुमार सिलवालले बताए।

सो गाँजा थाइल्याण्डबाट मलेसिया हुँदै नेपाल ल्याइएको थियो। पक्राउ परेका भारतीयहरु नयाँदिल्लीबाट लिन काठमाडौं आएका थिए। गाँजा रहेको लगेज लिएर निस्कदै गर्दा उनीहरुलाई पक्राउ गरिएको एसपी सिलवालले बताए ।

दिल्लीबाट आएर मलेसियाबाट आएको लगेज लिएर निस्कने क्रममा उनीहरु पक्राउ परेका हुन्। दिल्लीबाट आएका यात्रुमाथि प्रहरीले निगरानी नगर्ने ठानेर तस्करी गिरोहले यस्तो शैली अपनाएको प्रहरी आकलन छ । पक्राउ परेकामाथि लागुऔषध नियन्त्रण ब्यूरोले अनुसन्धान अघि बढाएको छ।
चार दिनअघि पनि यसैगरी मलेसियाबाट तस्करी गरिएको गाँजासहित चार भारतीय विमानस्थलमा पक्राउ परेका थिए।