सुन–चाँदीको मूल्य बढ्यो

क्रबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला दुई सय रूपैयाँले बढेको हो। बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार भने प्रतितोला एक लाख ९२ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको महासंघको तथ्यांकले देखाएको छ। शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १५ रूपैयाँले […]

फेवातालमा जलकुम्भी सरसफाइ अभियानलाई निरन्तरता, मेयर आचार्यको नेतृत्वमा स्थानीय सहभागिता

पोखरा, साउन २ — फेवातालको संरक्षणमा निरन्तर अग्रसर पोखरा महानगरपालिकाले जलकुम्भी झार फाल्ने अभियानलाई यस वर्ष पनि सक्रिय रूपमा अगाडि बढाएको छ। मेयर धनराज आचार्यको निर्देशनमा पोखरा महानगरपालिकाको आर्थिक सहयोग, महाअभियान कास्कीको समन्वय तथा स्थानीय जलारी समुदायको सहकार्यमा फेवा फाँट चेक ड्याम, ढल्केबर र खपौँदी आसपासका क्षेत्रहरूमा वृहत् सरसफाइ कार्य भइरहेको छ। स्थलगत निरीक्षणमा पुगेका […]

एमाले विधान महाधिवेशनमा विद्या भण्डारी प्रतिनिधि बन्न नपाउने

नेकपा (एमाले)को विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधि बन्न नपाउने भएकी छन्। बिहीबार बसेको एमालेको सचिवालय बैठकले १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्ने प्रस्ताव पारित गरेसँगै भण्डारीका लागि बाटो बन्द भएको हो। बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘१० औं राष्ट्रिय महाधिवेशनमा नभएका र पछि केन्द्रीय कमिटी अथवा केन्द्रीय निकायमा आउनुभएका […]

श्रमिकको न्यूनतम तलब १९,५५०

गत वर्षभन्दा २२ सय ५० रुपैयाँ वृद्धि, आधारभूत तलब १२ हजार एक सय ७० र महँगी भत्ता सात हजार तीन सय ८० पाउने गरी श्रम मन्त्रालयबाट श्रमिकको नयाँ तलबमान स्वीकृत बिहीबारबाटै लागू भएको तलबमान मासिक : १९,५५० दैनिक : ७५४ प्रतिघण्टा : १०१ आंशिक प्रतिघण्टा : १०७ चियाबगानमा काम गर्नेबाहेकका श्रमिकको न्यूनतम तलब दुई हजार […]

चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, […]

रास्वपाले सकंलन गर्‍यो २४ लाख ५७ हजार हस्ताक्षर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म करिब २५ लाख हस्ताक्षर संकलन भएको जानकारी दिएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीले उक्त जानकारी गराएको छ । सहकारी ठगी, सम्पती शुद्धीकरण र संगठित अपराधको आरोपमा पुर्पक्षका लागि भैरहवा कारगारमा रहेका पार्टी सभापति रवि लामिछानेमाथि राज्यले राजनीतिक प्रतिशोध साँधेको भन्दै गत असार ७ […]

एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाउने प्रस्ताव

प्रमुख सत्तारूढ नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष पदसँगै ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्थता हटाउने प्रस्ताव गरिएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गरेको विधान संशोधन प्रस्तावमा उक्त कुरा उल्लेख गरिएको छ। बैठकमा हाल रहेको १९ सदस्यीय पदाधिकारीबाट घटाएर ११ सदस्यीय कायम गर्ने प्रस्ताव पनि अघि बढेको छ […]

बाराहीघाटदेखि पहारीघाटसम्म सरसफाइ: विकास पहारीको नेतृत्वमा

  पोखरा, साउन १ – पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडस्थित बाराही घाटदेखि पहारी घाटसम्मको क्षेत्रमा आज भव्य सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। समाजसेवी तथा युवा नेता विकास पहारीको नेतृत्वमा, पोखरा महानगरपालिकाको सहकार्यमा र स्थानीय फुटपाथ व्यवसायीहरूको सक्रिय सहभागितामा यो सरसफाइ कार्य सम्पन्न भएको हो। बिहान ८ बजेदेखि सुरु भएको अभियान बेलुका ४ बजेसम्म सञ्चालन भयो। […]

औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक हप्ताभित्र कार्ययोजना लिएर हाजिर हुन उद्योगमन्त्रीको निर्देशन

उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक हप्ताभित्र कार्ययोजना लिएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिनुभएको छ । औद्योगिक व्यवस्थापन लिमिटेडको ३८ औं वार्षिक उत्सवको अवसरमा आयोजित समारोहमा मन्त्री भण्डारीले यस्तो निर्देशन गर्नुभएको हो । मन्त्री भण्डारीले अहिलेकै जसरी अब पनि संस्था चल्ने कुरा सह्य नहुने बताउनुभयो । उहाँले जिडिपिमा उद्योगको योगदान घटेको भन्दै […]

एउटै फार्मबाट एकै सिजनमा नौ हजार कफीका बिरुवा बिक्री

यहाँको रामपुर नगरपालिका वडा नम्बर ५ स्थित भम्बकका प्रेमबहादुर सिंह ठकुरीले एकै सिजनमा नौ हजार कफीका बिरुवा उत्पादन गरी बिक्री गरेका छन् । उनले गत वर्ष करिब ६ हजार बराबरको बिरुवा बिक्री गरेका थिए । यो क्षेत्रमा फागुनदेखि असारसम्म कफीका बिरुवा रोप्ने गरिन्छ । ठकुरीले विगत तीन वर्षदेखि अरबिका जातको बिरुवा उत्पादन गरिरहनुभएको  छ । […]